दार्जिलिङमा चर्किदै गोर्खाल्यान्ड आन्दोलन

0
655


दुईजनाद्वारा आत्मदाह प्रयास

काठमाडौं : भारतमा छुट्टै राज्य माग गर्दै आएका गोर्खाल्यान्ड आन्दोलन समर्थक दुईजना कार्यकर्ताले दार्जिलिङ र कालिङपोङमा आत्मदाहको प्रयास गरेका छन् । गोर्खाल्यान्ड माग गर्दै आएको गोर्खा जनमुक्ति मोर्चाले दार्जिलिङ बन्द आह्वान गरेको छ ।

दार्जिलिङका एक युवाले सोमबार चोकबजारमा र कालिम्पोङमा मंगलबार मंगलसिंह राजपुतले शरीरमा मट्टीतेल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका हुन् ।
आन्ध्र प्रदेशलाई विभाजन गरेर सरकारले नयाँ राज्य गठन गर्ने प्रक्रिया सुरु गरेपछि छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै गोर्खा जनमुक्ति मोर्चाले सोमबारदेखि बन्द आह्वान गरेको हो । सुरुमा तीनदिने बन्द भनिए पनि माग सम्बोधन नभए अनिश्चिकालसम्म बन्द गर्ने चेतावनी मोर्चाले दिएको छ ।
मोर्चाले तेलंगना गठन भए आन्दोलन हिंसात्मक बन्ने चेतावनी दिँदै आएको छ । मोर्चा अध्यक्ष विमल गुरुङले गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन ९जीटीए० प्रमुखबाट मंगलबार राजीनामा दिएका छन् । भारत सरकारले आन्ध्र प्रदेशलाई टुक्र्याएर तेलंगना राज्य बनाउने निर्णय गरेपछि छुट्टै गोर्खाल्यान्ड माग गर्दै आन्दोलित अध्यक्ष गुरुङले राजीनामा गरेका हुन् ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार बन्दका कारण दार्जिलिङ ठप्प छ । चियाबगान तथा बजार बन्द छन् भने कुनै पनि गाडी चलेका