हेम सरिता पाठक एकेडेमीले भ्रष्टाचार विरुद्ध कलम चलाउन पुरस्कृत

0
690

काठमाण्डौँ ।
भ्रष्टाचार विरुद्ध कलम चलाउने पत्रकार सहित विभिन्न क्षेत्रबाट योगोदान गर्ने ब्यक्तित्वहरुलाई शुक्रवार राजधानीमा पुरस्कृत गरिएको छ । हेम सरिता पाठक एकेडेमीले राजधानी दैनिकका सम्पादक राजन शर्मा र कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापालाई २ हजार डलर राशिको टंकप्रसाद रमादेवी पाठक पुरस्कारबाट पुरस्कृत भएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सम्पादक शर्मालाई पुरस्कारका साथै सम्मान प्रदान गरेका थिए । तीन वर्ष अघिदेखि दिन थालिएको ५ सय अमेरिकी डलरको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी र नेपालगन्जबाट प्रकाशित हुने संकल्प दैनिकका सम्पादक लियाकत अलीले पाएका छन् । यस्तै, हेम सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार संगीतकार नारायण रायमाझी र कृष्ण कँडेललाई प्रदान गरिएको छ ।साथै ६२ घण्टे म्याराथुन टक शोमा गिनिज बुक अफ विश्व रेकर्ड राखेका रवि लामिछानेलाई विशेष सम्मान प्रदान गरिएको थियो । सो पुरस्कारको राशि जनही १ हजार अमेरिकी डलर रहेको छ । यस्तै, हेम सरिता पाठक अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्पेनमा बस्दै आएका भीष्म भुसाललाई दिइएको छ । भ्रष्टाचार विरुद्धका करिब ७ सय कविताबाट भुसालको कविता उत्कृष्टमा छानिएको थियो । भ्रष्टाचार न्यूनीकरणका लागि महवपूर्ण योगदान दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय र सर्वोच्च अदालतका पूर्वन्यायाधीश तपबहादुर मगरलाई ‘स्वच्छ नागरिक सम्मान’बाट सम्मानित गरिएको थियो ।