काँग्रेसले आज विपक्षी दलको मोर्चा तयार पार्दैै

0
872

काठमाडौं ।

कोरोना महामारीसँग राष्ट्रिय एकता कायम गरी जुध्नुपर्ने बेला प्रधानमन्त्री केपी ओलीले अस्थिरताको शिलान्यास गर्ने गरी दल विभाजनका लागि खुकुलो प्रावधान सहितको अध्यादेश र सम्बैधानकि परिषद विपक्षी विहिन बनाउदै आफु अनुकुलका नियुक्ति गराउने अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्ष काँग्रेस रुष्ट बनेको छ ।

उसले लोकतान्त्रिक विधि र पद्दतीलाई धुलिसात गर्ने, अराजकता र अस्थिरता पैदा गराउने, सम्वैधानिक निकायलाई आफनो पिच्छ लग्गु बनाउने र कठपुतली बनाउन आफु अनुकलका ब्यक्ति खोजेर नियुक्तिमा लैजाने गरी विधेयक ल्याएको पछिल्लो धारणा बनाएको छ ।

मंगलवार मात्रै काँग्रेस पदाधिकारीको बैठक बसेर उसले सरकारले अगाडी सारेका राजनीतिक दल सम्बन्धि अध्यादेश र सम्बैधानिक परिषद सम्बन्धि ऐन संसोधनका लागि ल्याएको अध्यादेश फिर्ता लिनुपर्ने माग सहित विपक्षीहरुको संयुक्त मोर्चा बनाउने निर्णय गरेको थियो ।

त्यसका लागि उसले आजै विपक्षी पार्टीहरुसँगको संयुक्त बैठक बोलाएको छ । सरकारका अलोकतान्त्रिक कदमका विरुद्ध सरकार बाहिरका सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने र सम्भव भएसम्म सामुहिक रुपमै प्रतिवादमा जानुपर्ने निश्र्कष काँग्रेसले निकालेको थियो । त्यही आधारमा उसले आज दिउँसो २ बजे पार्टी कार्यालय सानेमामा विपक्षी पार्टीहरुको बैठक बोलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here