बेलाायतमा कोरोना भाइरसको संक्रमणबाट झापाका पूर्व प्रधानाध्यापकको निधन

0
820

बेलायत।

कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा थप एक नेपालीको ज्यान गएको छ । संक्रमणका कारण झापा घर भएर हाल बेलायत बस्दै आएका हंसराज लिङ्देन लिम्बूको बुधबार रोयल बर्कसायर अस्पतालमा ज्यान गएको हो ।

उनी १४ बर्ष अघिबाट बेलायतको रेडिङमा बस्दै आएका थिए । उनी खुदुनाबारीको जनता माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक हुन् । प्रेसर र सुगरको विरामी रहेका उनी तीन साताअघि अस्पताल भर्ना भएका थिए ।

दुई पटक परीक्षण गर्दा पनि उनमा कोरोना पोजिटिभ नदेखिएको तर तेस्रोपटक चेक जाँच गर्दा कोरोना पोजेटिभ पाइएको बताइएको छ । उनलाई श्वास फेर्न गाह्रो भएपछि अस्पताल लगिएको थियो । ६५ बर्षीय लिङ्देनकाे दुई छोरा र दुई छोरी रहेकका छन् ।-न्यूज २४ बाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here