जबरजस्ती करणीको आरोपमा ४ जना पक्राउ

0
1349

मोरङ।

सामुहिक जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले ४ जनालाई पक्राउ गरेको छ ।

२०७६ साल माघ १५ गते राती बुढिगंगा गाउँपालिकाकी एक बालीकालाई जबरजस्ती सामुहिक करणी गरेको आरोपमा २ जना १६ बर्षीय बालक सहित बुढिगंगा गाउँपालिका–६ का १९ बर्षीय सन्देश लिम्बु र २१ बर्षीय टंके भन्ने कुमार राईलाई बैशाख १० गते पक्राउ गरेको हो ।

पक्राउ परेका ४ जनाको सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here