जर्मनीबाट ‘एकका लागि एक’ अभियानमा सहयोग

0
933

बिर्तामोड।

झापाको कनकाई नगरपालिका १, प्रजापती निवासी गायत्रीनाथ गिरीले कोरोना महामारीको संकटको यो घडीमा अति विपन्न परिवारलाई राहतका लागि दश हजार रुपैयाँ प्रदान गरेका छन् ।

हाल जर्मनीमा बस्दै आएका गिरीले सहारा नेपालसहित झापाका दुई दर्जन सामाजिक संस्थाको सामुहिक अभियान ‘एकका लागि एक’ अन्तर्गत सो रकम प्रदान गरेका हुन् । एक परिवारले अर्को एक विपन्न परिवारलाई सहयोग गर्ने अभियान अन्तर्गत उक्त रकम अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई हस्तान्तरण गरिएको छ ।

उनका दाजु एकराजले अभियानका संयोजकलाई मंगलवार बिर्तामोडमा नगद रकम हस्तान्तरण गरेका हुन् । जर्मनीमा बसेर पनि समर्पण अभियान राष्ट्रिय अभियान लगायत सामाजिक अभियानमा जोडिएका उनी प्रजापतीस्थित मानबहादुर गिरीका कान्छा छोरा हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here