‘एकका लागि एक’ अभियानलाई बिर्तामोड उद्योग वाणिज्य संघले दियो ५०,०००

0
947

बिर्तामोड।

कोरोना भाइरस महामारीको अहिलेको विषम् परिस्थितिमा विपन्न, गरीव तथा असहाय परिवारलाई सहयोग गर्न झापामा शुरु भएको ‘एकका लागि एक’ अभियानलाई बिर्तामोड उद्योग वाणिज्य संघले ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

एक परिवारले अर्को एक विपन्न परिवारलाई सहयोग गर्ने अभियान अन्तर्गत संघले उक्त रकमको चेक अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई हस्तान्तरण गरेको हो । मंगलवार संघको तर्फबाट अध्यक्ष कुमार भट्टराई, निवर्तमान अध्यक्ष बलराम कार्की, पूर्व अध्यक्षहरु उमेश डालमिया, मोहन ढकाल, राजेन्द्रकुमार थापा, वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले संयुक्तरुपमा चेक हस्तान्तरण गरेका थिए ।

चेक हस्तान्तरण समारोहमा बोल्दै अभियानका संयोजक गिरीले एक विपन्न परिवारका लागि दुई हजार रुपैयाँको खाद्य सामग्रीको प्याकेज बनाइएको बताए । उनका अनुसार हालसम्म २५ लाख रुपैयाँ संकलन भई स्थानीय सरकारको समन्वयमा अति विपन्नको पहिचान तथा राहत वितरण शुरु गरिएको छ । अभियान अन्तर्गत ४० लाख रुपैयाँ संकलन गरी दुई हजार परिवारलाई राहत पु¥याउने लक्ष्य रहेको गिरीले बताए ।

शुरुमा अभियानको लक्ष्य एक हजार परिवारलाई राहत पु¥याउने थियो । सहयोगी हातहरुले स्वस्फूर्त रुपमा सहयोग रकम जम्मा गर्ने क्रम बढेपछि अभियानलाई विस्तार गरिएको बताइएको छ । कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव भेषराज भण्डारी प्रशान्तले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here