झापाली युवाले चलचित्र अल्पविराम वनाउदै

0
426

विर्तामोड,साउन १९ । लागू औषध सेवनका कारण मानव स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई निरुत्साहित पार्ने उदेस्यले झापाली युवाले नेपाली कथानक चलचित्र अल्पविराम निर्माण गर्ने भएका छन् ।
पछिल्लो समय झापा लगायत देशभरका युवा जमात कुलतमा फसेको र लागू औषध सेवनका कारण समाजमा आपराधिक गतिविधि वढेको तथा अपरिपक्क उमेरमै प्रेम विवाहका कारण धेरै युवाले ज्यान गुमाएनु परेको अवस्थालाई मध्यनजरगर्दै सो चलचित्र निर्माण गर्न लागिएको आज झापाको विर्तामोडमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी गराइयो । चलचित्र प्यासिफिक मिडिया इन्टरटेन्टमेन्ट प्रा.लि को व्यानरमा निर्माण गरिने र उक्त चलचित्रमा सवै झापाली कलाकार रहने वताईएको छ । ४० लाखको लागतमा निर्माण गरिन लागेको सो अल्पविराम चलचित्रको निर्देशन किशोर ढुङ्गानाले गर्नेछन् भने चलचित्रको कथा लेखन रिजन गजुरेलले तयार पारेका छन् । चलचित्रको सम्पूर्ण छाँयङ्कन पूर्वाञ्चलका विभिन्न स्थानमा हुने र चलचित्र प्रेम कथामा आधारित रहने पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइयो । चलचित्रको सम्पूर्ण पात्रहरु क्याम्पस परिवेशमा देखा पर्ने र चलचित्रलाई आर्कषक वनाउन सम्पादकको काम अर्जुन शर्माले गर्ने र छायङ्कन राजु श्रेष्ठको रहने वताइएको छ । शव्द संगीतको काम जिमी राजवंशी र देव लावरले गर्ने र सम्पादनको काम झापाको विर्तामोडमा रहेको क्रोम्याटिक डिजिटल रेकर्डिङ्ग स्टुडियोले लिएको छ ।
चलचित्रका लागि कलाकार अडिसनवाट छनौट गरी छायङ्कन तथा अन्यकुरा गरिने कार्यक्रममा जानकारी गराइयो ।