अर्जुनधाराका चौहान मृत फेला

0
1337

झापा ।

झापाको अर्जुनधारा नगरपालिका ३ का भीमबहादुर चौहान घरबाट हिँडेको १६ औँ दिनमा मृत फेला परेका छन् ।

६० वर्षीय चौहान बुधबार विहान जुकेखाडी सामुदायिक वन स्थित बाहुने डाँडाको झाडीमा घोप्टो अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घाँस दाउरा जाने स्थानीयहरुले उनलाई मृत अवस्थामा फेला पारेका थिए ।

१६ दिन देखि हराएका चौहानलाई मृत फेला परे पछि स्थानीयले प्रहरीलाई खवर गरेको र घटना स्थलमा प्रहरी पुगी कानुनी प्रकृया पुरा गरि मृतकको लासलाई पोष्टमार्टमका लागि पठाईएको र घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here