समस्यालाई समाधानका लागि नगर शिक्षा शाखालाई प्यावसनले ज्ञापनपत्र

0
1136

भद्रपुर ।

संस्थागत विद्यालयहरूको सङ्गठन प्यावसन नगर समितिले भद्रपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख प्रेम भुजेललाई ज्ञापनपत्र बुझाएका छन् ।

नोबेल कोरोना भाइरस कोभिड १९ को महामारीको कारणले सबैभन्दा बढी क्षति संस्थागत विद्यालयहरूमा पर्न गएको र यसबाट उत्पन्न समस्यालाई समाधानका लागि नगर शिक्षा शाखालाई प्यावसनले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा संस्थागत विद्यालयहरूमा पर्न गएको आर्थिक सङ्कटलाई मध्यनजर गर्दै सहुलियत दरमा कर्जा माग, बैकमा रहेको कर्जाको ब्याज मिनाहा, अवधि नाघेको कर्जाको जरिवाना छुट, घर भाडा र स्थानीय कर छुट गर्नका लागि स्थानीय सरकार समक्ष माग गरिएको भद्रपुर प्यावसनका अध्यक्ष डिल्ली दुलालले बताए ।

आर्थिक सङ्कटकै कारणले विद्यालयका शिक्षक, कर्मचारीलाई चैत्र महिनाको तलब खुवाउन नसकेको र शैक्षिक सत्र सहज हुने बित्तिकै तलब खुवाउने प्यावसन भद्रपुरको निर्णय नै भएको सचिव पुकार राजवंशीले बताए ।

उनका अनुसार शिक्षक कर्मचारी र सञ्चालक बिच तलबको विषयमा कुनै विवाद नरहेको र केही विद्यालयहरूले चैत्र महिनाको तलब दिएको बताए । यस्तो सङ्कटको बेला वार्ता, संवाद र छलफलबाट उक्त समस्या समाधान गर्नुपर्नेमा अत्यास र महत्त्वाकाङ्क्षी रूपमा इष्टु नगर समितिले समाचार प्रकाशन गरी विद्यालय र शिक्षक बिच विवाद ल्याएकोमा इष्टु प्रदेश नं. १ का सहसचिव राजु बरालले आपत्ति जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here