रकम असुल्नै हैरानी

0
473

पूर्णवहादुर कटुवाल

लक्ष्मीपुर,साउन २० । समाजको सामाजिक विकास र सुधार गर्ने भन्दै वर्षेनी आयोजना गरिने सार्वजानिक पुराणमा सहयोग वापत दाताहरुले लेखाएको वक्यौता रकम उठ्न नसकेका गुनासा व्यापक रुपमा बढेका छन् ।
स्कूल , क्याम्पस , स्वास्थ्यसंस्था , मन्दिर, सार्वजानिक भवन लगायतका प्रत्यक्ष जनसरोकारका भौतिक संरचना निर्माण , जिर्णोद्धार एवं स्तरोन्नत्तिका लागी भन्दंै आर्थिक श्रोत जुटाउन पुराणलाई माध्यम बनाइदै आएको छ । केही वर्ष यता यस्ता पुराण झापाका सहरी र ग्रामिण क्षेत्रमा हरेक वर्ष प्रतिस्पर्धात्मक रुपमा आयोजना गरिदै आएका छन् । आयोजना भएको बेला आवेशमा आएर वा हौसिएर मनग्गे आर्थिक सहयोग वापत बाँकी रकम लेखाउने तर, समयमा नतिर्ने विकृति बढ्दै गएपछि पुराण आयोजकले थुप्रै हैरानी बेहोर्नु परेको छ ।
झापाका अधिकांश स्थानमा आयोजित पुराणमा धेरै नगद वा जमिन नै लेखाएर र आयको ठूलो हिसाब सार्वजनिक गर्ने तर रकम वा जिन्सी भुक्तानी नभएको गुनासो बढेको आफूले पनि सुनेको पंण्डित घनश्याम ढकालले बताउनु भयो । सानो रकम स्वेच्छाले लेखाएका भए दाताले तिर्ने थिए तर करकाप गरेर र हौस्याएर लेखाउने प्रवृति समेत बढेकोले मानिसले समयमै त्यस्तो रकम नतिर्ने गरेको पंण्डित ढकालले बताउनुभयो ।
झापाको एउटा प्रतिष्ठित नगरपालिकाले समेत स्थानीय एउटा संंस्थाले आयोजना गरेको पुराणमा दुई कठ्ठा जमिन लेखाएको तर पछि आन्तरिक कारण देखाउदै सो जग्गा उपलब्ध गराउन नसकेको समेत सार्वजनिक भएको बताइएको छ । जिम्मेवार संस्थाले संस्थालाई समेत बोलेको बचन पूरा गर्न कठिन भइरहेको अवस्थामा कतिपय व्यक्तिले चन्दा स्वरुप लेखाएको जग्गा खोलाको धार भएको वा बोलेको मूल्य बराबर े नभएका , े कतिपय व्यक्तिले रकम लेखाए पनि बसाइ सरेर टाढा गएको वा मरिसकेको , रकम तिर्न वेवास्ता गर्ने गरेको कारणले पनि पुराण आयोजक समितिलाई अहिले रकम असुल्न हम्मे हम्मे पर्दै गएको छ ।
‘हामीले पनि सामुदायिक भवन बनाउन पुराण लगायौ तर लेखेको रकम झण्डै तीन लाख बाँकि नै छ , पैसा नै उठ्दैन , शुरु गरेको काम सक्न कठीन प¥यो , अब दातालाई एकपटक अनुरोधका साथ पत्राचार गर्ने निर्णय गरेका छौ ’ , अर्जुनधारा–६ , विहिवारे वजार व्यवस्थापन समितीका अध्यक्ष छविलाल लम्सालले बताउनु भयो ।
यी त सामान्य उदाहरण मात्र हुन् । झापामा आयोजना गरिएका पुराणबाट करोडौ रुपैया असुल हुन बाँकि रहेको आयोजकहरुले बताएका छन् तर रकम असुल नहुने डरले बक्यौता हुने दाताहरुको नामावाली भने सार्वजानिक नगरेको बताइएको छ । यसरी सामाजिक धरोहरका विभिन्न संरचना निर्माणको सहयोग स्वरुप आर्थिक स्रोतका रुपमा आयोजित पुराणले नै कुनै दिन संकट त निम्त्याउनै संभावना बढेको छ ।