झापा र मोरङमा भएको सवारी दुर्घटना दुई बालकको मृत्यु

0
977

बिराटनगर ।

मोरङ र झापाका दुई स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको ग्रामथान गाउँपालिका–४ मोतिपुरका पंकज झाका दुई बर्षीय छोरा निखिल झा र झापाको बिर्तामोड नगरपालिका–१० का धिरेन राईका चार बर्षीय छोरा सुदेन राई रहेका छन् ।

झालाई मोरङको मोतिपुर स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना ४ ख ६३७४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा घाईते भई उपचारको लागी नोबेल अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी आज बिहान ८ बजेको समयमा झापाको बिर्तामोड नगरपालिका–१० सैनिकमोडबाट बजार तर्फ जाँदै गरेको मे १ च ५६०२ नम्बरको गाडीले ठक्कर दिंदा घाईते भएका राईलाई उपचारको लागी झापाको बीएण्डसी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

दुबै घटनाका सवारी साधन तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here