मेचीनगरकोे विभिन्न क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिएका १५ जनाको एन्डीबडी पोजेटिभ

0
829

मेचीनगर,

झापाको मेचीनरमा शुक्रबार नोेवल कोरोना भाइरस कोभिड १९ को एन्टीबडी परीक्षण गरिएका ३ सय १५ जनामध्ये १५ जनामा एन्डीबडी पोजेटिभ देखिएको छ ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले धाइजनस्थित स्वास्थ्य केन्द्र क्वाररेन्टाइनमा रहेका २२, आदर्शमा माध्यमिक विद्यालय आयावारी क्वारेन्टाइनमा रहेका १ सय ४५ र काँकरभिट्टा माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा रहेका १ सय ४८ गरी कुल ३ सय १५ जनाको नोेवल कोरोना भाइरस कोभिड १९ को एन्टीबडी परीक्षण गरेको थियो ।

विभिन्न क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिएका नेपालका विभिन्न जिल्लाका तीनसय १५ जनाकोे र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो ।

ती मध्ये काँकरभिट्टा माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा रहेका १ सय ४८ जना मध्ये ३ र आदर्श माध्यमिक विद्यालय आयावारी क्वारेन्टाइनमा रहेका १ सय ४५ जनामध्ये १२ गरी कुल १५ जनाको जनामा एन्डीबडी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कार्यालय प्रमुख इश्वरीप्रसाद पौडेलका अनुसार उनीहरुको शनिवार पिसिआर विधिबाट स्वाब परीक्षण गरिने छ । उनीहरुलाई सम्बन्धित क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिएको पौडेलले बताउनुभयो ।

र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा पोजेटिभ आए पनि पिसिआर विधिबाट परीक्षण गर्दा परिणाम नेगेटिभ आउन सक्ने प्रवल सम्भावना हुने पौडेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here