भारतबाट नेपाली भित्रिएपछि स्थानीयपालिकालाई सकस: पु¥याइदिन्छौं भन्दा पनि स्थानीय तह आफ्ना नागरिक लिन मान्दैनन्– अध्यक्ष साह (भिडियो सहित )

0
2089

सुरेन्द्र भण्डारी
झापा,
झापामा एक पछि अर्काे गर्दै कोरोना संक्रमितको संख्या थपिदो छ । भारतले रेल सेवा सुचारु गरेपछि भारतबाट नेपाली युवा धमाधम नेपाल फर्कदैछन् । जसका कारण झापामा कोरोनाको जोखिम उच्च छ नै आएका नेपालीको स्वास्थ्य परीक्षण र सम्वन्धित जिल्ला पु¥याउन समेत सकस देखिएको छ ।

भारतबाट नेपाल भित्रने सजिलो नाका कुमरखोद भएका कारण पनि यो नाकाबाट दिनहुँ नेपाली युवा लुकीछिपी नेपाल भित्रन्छन् । उनीहरुलाई जसोतसो क्वारेन्टाइनमा राखिएपनि समयमा स्वास्थ्य परीक्षण र खानाको व्यवस्थापनमा नै समस्या हुने गरेको आवाज उठ्न थालेको छ । भारतबाट आएका मध्ये झण्डै एक हजार जनालाई अहिले झापाका विभिन्न होल्डिङएरियामा राखिएको छ । झण्डै १५ सयदेखि २ हजारको हाराहामीमा अहिलेपनि नेपाली युवा सिमावर्ती भारतीय भूमिमा अलपत्र छन् । उनीहरुलाई पनि नेपाल ल्याउने तयारी गरिँदैछ ।

कोरोना संक्रमण फैलन नदिन सरकारले चैत ११ गतेदेखि मुलुकलाई लकडाउन गरसंगै स्थानीय तहले हतारिँदै राहत वितरण गरेका थिए । राहत वितरणमा वढी ध्यान दिएका स्थानीयतहले स्वास्थ्य उपचारको क्षेत्रमा खासै काम गर्न सकेका थिएनन् । परिणामस्वरुप अहिले दिनानुदिन झापामा कोरोना संक्रमितको संख्या थपिदै गएपछि स्थानीय तहलाई चौतर्फी दवाव बढेको छ । नागरिकस्तरबाट विपन्न नागरिकलाई हामी आफैं खुवाउन सक्छौं भन्दै झापामा ‘एकका लागि एक’ नामक अभियान नै सञ्चालन भएको छ । झापामा कचनकवल गाउँपाकिलामा मात्रै ३३ जना कोरोना संक्रमित फेला परेका छन् । उनीहरुको उपचार भइरहेपनि झापामा भारतबाट भित्रिएका नागरिकको आरडीटी र स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि झापा कोरोनाको उच्च जोखिममा परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here