लकडाउनका बेला ‘रेमिटेन्स’ नपाए झिलझिले आईएमई जानु

0
491

झिलझिले ।

विदेशबाट आफन्तले पठाएको पैसा भुक्तानी नपाएर हैरान हुनुहुन्छ ? कि लकडाउनका कारण मनि ट्रान्फर बन्द भएर तनाब लिनु भएको छ ? अब, बेतुकको तनाब लिनु पर्देन । झापाको बिर्तामोड मनि ट्रान्फरले विश्वका जुनसुकै मुलुकबाट आफन्तले पठाएका पैसा भुक्तानी दिने छ । यसको सेवा शिवसताक्षी नगरको झिलझिलेमा पनि छ । विर्तामोड मनिट्रान्सफर आईएमई सेन्टरको सव—एजेन्ट हो भने झिलझिले आईएमई सेन्टर त्यसको शाखा हो ।

दुई दशक देखी झापाको बिर्तामोडमा मनिट्रान्फर संचालन गरेका यसका संचालक गणेश प्रधानले कोरोना भाईरसको संक्रमणका बेला मुलुक लकडाउनमा रहदा पनि सर्वसाधरण लाई देश तथा विदेशबाट आफन्तले पठाएको पैसा भुक्तानी दिइरहेका छन् । चैत ११ गते देखि बन्दाबन्दी भएपनि उनको मनिट्रान्फरमा सामाजिक दुरी कायम राख्दै भुक्तानी लिनेको संख्या कम छैन ।

‘लकडाउनको सुरुका ७ दिन भुक्तानी रोकेको थिए । घरमा चामल लगायतका खाद्यन्न सकिएर कन्तबिजोग भएको गुनासो आउन थालेपछि भुक्तानी दिन थालेको हुँ,’ उनले भने । बैक तथा वित्तिय संस्था लकडाउनका कारण सुरुका १५ दिन पुर्ण रुपमा बन्द थिए । त्यस अवधिमा पनि आईएमई सेन्टर झिलझिलेबाट विदेशबाट आफन्तले पठाएका रकम भुक्तानी रोकिएको थिएन । प्रधानको आईएमई सेन्टर शिवसताक्षी ११ झिलझिले स्थित आफ्नै घरमा संचालित छ ।

सिमित समयका लागि तीन तहकै सरकारले बैक तथा विक्तिय संस्था खोलेर सेवा सुचारु गर्न थालेपनि उनको मनिट्रान्फरमा सर्वसाधरणको अझै भिडै लाग्ने गरेको छ । लकडाउनका बेला उनले झापाको दमक, बिर्तामोड, कमल, गौरिगञ्ज, कनकाई, झापा गाउँपालिका लगायतका सर्वसाधरणलाई रेमिटेन्स भुक्तानी दिएका थिए । लकडाउनको अवधिमा आईएमई सेन्टर झिलझिलेबाट उनले कम्तिमा २ करोड भुक्तानी दिएका छन् ।

ग्लोबल आईएमई बैकसंग कारोबार गर्ने गरेका संचालक प्रधानलाई ग्लोबल आईएमई बंैकले पनि भुक्तानी रोकेको थिएन । उनले भने—‘आवश्यक्ता अनुसार बैकले भुक्तानी दिएपछि सर्वसाधरणको रेमिटेन्स नरोकिएको हो ।’

लकडाउनमा जोखिम मोलेर सर्वसाधरणको दुःखमा साथ दिएको उनले बताए । आर्थिक र भौतिक सुरक्षाको चुनौतीको पर्वाह नगरी प्रधानले पैसा भएर पनि नपाएका सर्वसाधरणलाई भुक्तानी दिएको बताए । उनको आईएमईबाट कम्तिमा ४ सय ५० जनाले विदेशबाट पठाएको रकम आफन्तले बुझेर लगेका छन् ।

शिवसताक्षी ४ की सावित्री कुर्मीले कतारबाट श्रीमान्ले लकडाउन अघि पठाएको रकम चैत्र १३ गते भुक्तानी पाईन् । उनले शिवगञ्ज, कुञ्जबारी, बुलुचौक लगायतका मनिट्रान्फरमा भुक्तानीका लागि अनुरोध गरेपनि रकम नभएको भन्दै उनको भुक्तानी रोकेका थिए । जनता बजारको छिमेकी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले विदेशबाट आफन्तले पठाएको पैसा झिलझिलेमा पाईने सुनाएपछी उनि झिलझिले आएर रकम लगेकी थिईन ।

कनकाई नगरबाट पनि राममाया अधिकारी रकम झिक्न झिलझिले आएकी थिइन् । उनका पनि श्रीमान् मलेसियामा कार्यरत छन् । श्रीमान्ले पैसा पठाउदा मात्र उनको घर व्यवहार चल्ने गरेको छ । लकडाउनका कारण घरमा संचित गरेको खाद्यन्न सकिएपछि उनले श्रीमान्ले पठाएको पैसा झिक्ने ठाउँ खोज्दै भौतारिएकी थिइन् । सामाजिक संजालमा विदेशबाट आएको पैसा लकडाउनका बेला पनि पाईने सुचना पाएपछि साईकल चढेर झिलझिले आएर उनले पैसा लगेको संचालक प्रधानले बताए ।

आईएमई संचालक प्रधानलाई श्रीमती बाबाले साथ दिएकी छन् । दुई जना कर्मचारी सहित खटिने उनको काउन्टरमा अझैपनि २०÷२५ जनाले दैनिक भुक्तानी लिने गरेका छन् । रेमिटेन्स स्वीकृत भएका मुलुकबाट आफन्तले पठाएका पैसा लकडाउनका बेला भुक्तानी दिने प्रधानले संकटमा सर्वसाधरणलाई साथ दिएको आम सर्वसाधरणको बुझाई छ । स्थानीयले भने, ‘संकटका बेला व्यापार भन्दा पनि सर्वसाधरणको समस्या बुझेर प्रधानले विपतका बेला दुखेको घाउमा मलम लगाउने काम गरे । यो उनको सेवा पनि हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here