मेचीनगर कोरोनाको उच्च जोखिममा रहेको भन्दै आवश्यक सामग्रीका साथ व्यवस्थित तयारी गरिदिन प्रदेश सरकारसँग आग्रह

0
1232

काँकरभिट्टा,

भारतबाट आउने नेपालीका कारण नगर उच्च जोखिममा रहेको भन्दै आवश्यक सामग्रीका साथ व्यवस्थित तयारी गरिदिन मेचीनगरपालिकाले प्रदेश सरकारसँग आग्रह गरेको छ । नोवल कोरोना भाइररस कोेभिड १९ को संक्रमण रोेकथामका लागि सरकारले घोष्णा गरेको लकडाउनका कारण नेपाल भारतसीमाक्षेत्रमा अलपत्र नेपाली धमाधम काँकरभिट्टा नाका भएर नेपाल आउन थालेका छन् । काँकरभिट्टा नाकाबाट ४ दिनमै एक हजार नेपालीहरु नेपाल भित्रिसकेका छन् ।

शुक्रबार भित्रिएका मध्ये ६ महिलासहित १५ जनाको आरडीटी टेष्टमा पोजेटिभ आएको छ । नगरमा व्यवस्थित क्वारेन्टाइन नभएकाले पीसीआर लगायतका परिक्षणका लागि मेची बहुमुखी क्याम्पस भद्रपुर र यसअघि पनि केहि नेपालीहरुलाई दमकको क्वारेन्टाइनमा पठाइएको नगरपालिकाले जनाएको छ । भारतबाट नेपालीहरु आउने क्रम जारी छ । शनिवार मात्रै पनि मेचीपुलमा १५० भन्दाबढी नेपालीहरु आएर बसेको नगरपालिकाले जनाएको छ ।

शनिबार नगररपालिकाको सभाकक्षमा आयेजित पत्रकार सम्मेलनमा मेचीनगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीले पत्रकार सम्मेलनमा यस्तो आग्रह गर्नुभएको हो । नगरप्रमुख आचार्यले पत्रकार सम्मेलनमा बोल्दैं नोवल कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिन र नेपाल भारतसीमामा अलपत्र अवस्थामा रहेका नेपालीहरुको व्यवस्थापनमा नगर सरकार शुरुदेखि नै लागि परेको बताउनुभयो ।

मेचीनगरवासीलाई यो संक्रमण बाट बचाउनु स्थानीय सरकारको मुख्यः दायित्व भएको भन्दैं नगर प्रमुख आचार्यले आफ्ना नगरवासीलाई भोग र रोगबाट कुनै हालतले पनि मृत्युवरण गर्न नदिनका लागि सधै नगरवासीसँगै स्थानीय सरकार रहने बताउनुभयो ।

मेचीनगरलाई कोरोनामुक्त बनाउनका लागि स्थानीय सरकारले गरिरहेको गतिविधीमा सवैकोे साथ सहयोगको आवश्यकता ररहेको भन्दें उहााले जनतामा भ्रम फैलिने खालको सुचना सम्प्रेषण गर्न नहुने प्रमुख आचार्यको भनाई थियो । सामाजिक सञ्जालमार्फत् जनतालाई थर्काउने, स्थानीय सरकारलाई ठेस पुर्याउने र नागरिकको मनोबल कमजोर पार्ने गतिविधि बढेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले विश्व कोरोनाको चपेटामा परिरहेकाबेला उपलब्ध स्रोत र साधनको उपयोग गरी नगरलाई सुरक्षित राख्न कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाउनुभयो ।

नगरलाई कोरोनाबाट जोगाउन नगरपालिका प्रयत्नशील रहेको भन्दैं उउहाँले नगरवासीमा त्रास उत्पन्न गराउने अभिव्यक्ति पोष्ट नगर्न समेत सवैमा अपिल गर्नुभएको छ । कोरोना नियन्त्रणका लागि नगरले अघि सारेका कार्यशैलीप्रति शंका र टिप्पणी नगर्न नगरवासीमा अनुरोध गदैं नगरप्रमुख आचार्यले नगरपालिका व्यक्ति नभई संस्था भएकाले यसको गरिमा र प्रतिष्ठामा आँच आउने काम कसैले गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।

मेचीनगरको भूमिमा पाइला टेक्ने नेपाली नागरिकको जिम्मेवारी लिन नगरपालिका तयार रहेको र हरेक जिल्लाका नागरिकलाई संरक्षण गर्ने दायित्व स्थानीय सरकारको पनि भएको भन्दैं उहाँले जिल्लामा बैठक बसेर मात्र नहुने नाकामा अविलम्ब हेल्पडेक्स स्थापना गर्नुपर्ने बताउनुभयो ।

पश्चिम बंगालका विभिन्न क्वारेन्टाइनहरुमा नेपालीहरु अव्यवस्थित रुपमा बस्नुपरेको चर्चा गर्दै नगरप्रमुख आचार्यले आफ्नो देश फर्कन पाउनुपर्ने हरेक नागरिकको अधिकार भएपनि ल्याउन र व्यवस्थापन गर्न चुनौतिपूर्ण बनेको बताउनुभयो । भारत लगायत तेस्रो मुलुकबाट नेपाल आउने नेपालीहरुप्रति हेर्ने दृष्टकोण फरक पाइएको भन्दैं उहाँले अहिलेको समय उत्तेजित नभएर सचेत हुने भएको पनि बताउनुभयो । कोरोना विरुद्धको लडाईमा नगरबासी तथा सञ्चारकर्मीहरु एकजुट भएर अघि बढ्न नगरप्रमुख आचार्यले अनुरोध गर्नुभयो ।

पत्रकार सम्मेलनमा बोल्दैं उपप्रमुख मीना पोखरेल उप्रेतीले नराम्रो कामको आलोचना गरिरहदा राम्रो कामको पनि प्रशंसा गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नोेवल कोरोना भाइरस कोभिड १९ को संक्रमण शुरुभए लगत्तै मेचीनगर नगरपालिकाले नाका विभिन्न संघ संस्था, उदोगी व्यवसायी राजनीतिक दललगायतको सहयोग र समन्वयमा जिल्लामै नोवल कोरोना भाइरस कोभिड १९ परामर्श सहायत कक्षको स्थापना गरी यसको संक्रमण रोकथमका लागि विभिन्न काम गरेको जानकारी गराउनुभययो । शुरुमा तापक्रम नाप्ने काम गरेको भउपनि अहिले शंकाष्पद व्यक्तिको आरडिटी आवश्यक परे पीसीआर सम्मको परीक्षणको व्यवस्था मिलाइएको उपप्रमुख उप्रेतीको भनाई छ ।

झापाका १५ वटा पालिकामध्ये जनसंख्या र भौगोलिक दृष्टिकोणले मेचीनगर नगरपालिका ठुलो भएको भाारतको पश्चिम बंगाल राज्यसँग प्रत्यक्ष सीमा जोडिएकाले निक्कै चुनौतीको साथ अघि बढ्नु परेको भएपनि यसलाई अवसरका रुपमा लिएर नगरवासीको हितका लागि भोग र रोगले मृत्युवरण गर्नु नपरोस भनेर अहोरात्र नगरवासीकैपक्षमा सक्रिय रहेको उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो ।

नगरपालिकाले शुरुमा आदर्श मावि, धाइजनको स्वास्थ्य केन्द्र, पशुपति मावि, सरस्वती माविमा क्वारेण्टिनको व्यवस्था गरेको भएपनि पछिल्लो नगरका १५ वटै वडामा क्वारेढिटनको व्यवस्था मिलाएको पनि बताउनुभयो । नेपाल भारतसीमा क्षेत्रमा आएर अलपत्र पररेर बसेका नेपालीहरुलाई स्वदेश फर्काएर सुरक्षित ब्यवस्थापनका लागि होम क्वारेन्टाइन भन्दा पनि प्रत्येक वडाहरुमा क्वारेण्टिनको व्यवस्था मिलाईएको उपप्रमुख उप्रेतीको भनाई छ । नगरवासीलाई यो संक्रमणबाट बचाउनकै लागि रातदिन आफुहरु सक्रियपुर्वक लागि परिरहेको उहाँले बताउनुभयो ।

मेचीनगर बाहिरका नागरिकका लागि सम्बन्धित जिल्ला र स्थानीय तहहरुको समन्वयमा आ आफ्नो घरर पठाईने तयारी नगरले गरेको र मेचीनगर भित्रका नागरिकहरुलाई क्वारेण्टिनमा राखेरै स्वास्थ्य परीक्षण गरी घर पठाउने योजना नगरपालिको छ । उहाँले नगरपालिकामा सेवाग्राहीको भीडलाई व्यवस्थित गनैै प्रत्येक दिन ३ वटा वडाको काम कारवाही गर्ने गरी कार्यतालिका बनाइएको छ ।

उपप्रमुख उप्रेतीका अनुसार सोमबार वडानम्बर १,२ र १५ मंंगलबार ३,४ र १४, बुधबार ५,६ र १३, विहबिार ७,८ र १२ तथा शुक्रबार ९,१० र ११ नम्बर वडाको काम हुने तालिका सार्वजनिक गरिएको छ । नेपाल–भारतको सीमा नाकाबाट काँकरभिट्टा आउने अलपत्र नेपालीहरुका कारण नगरबासी उच्च जोखिममा रहेकाले कोरोना जाँच्ने अत्यावश्यक स्वास्थ्य सामग्री, क्वारेन्टाइनसहित गाडीको व्यवस्था गरिदिन एक नम्बर प्रदेश सरकार र कोरोना रोकथाम तथा समन्वय समिति झापालाई आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, उपाध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष कृष्ण हुमागाई, पूर्व केन्द्रीय सदस्य मोहन काजी, मेचीनगरका प्रेस सल्लाहकार लक्ष्मी उप्रेती, मुक्ति पौडेल, सुरेन्द्र भण्डारी लगायतले धाराणा राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here