बिर्तामोडमा ब्राउन सुगरसहित दुई युवक पक्राउ

0
1436

झापा ।

झापाको बिर्तामोडमा लागु औषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका- ४ बस्ने २८ वर्षीय पवन चौधरी र सोही ठाउँका २८ वर्षीय महेश गुरुङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बिर्तामोड- ५ स्थित कृष्ण चित्र हल छेउमा प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूको साथबाट प्लास्टिकमा बेरिएको ४ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here