बुद्धशान्तिमा ‘मर्निङ वाक’मा रोक लगाउन स्थानीयको माग

1
4786

दिपेन लावती / शान्तिनगर ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) का कारण देश लकडाउनमा छ । मानिसहरु घरमै बस्न बाध्य छन् । दैनिक कामकाजमा मानिसहरु ब्यस्त नहुदाँ विभिन्न रोगको जोखिम पनि उतिकै छ । रोगको जोखिम कम गर्न मानिसहरु विहान हिड्ने गरेका छन् । यसका साथै नेपाल पुलिस, आर्मी बन्न तयारी गरिरहेका युवाहरु शारिरीक ब्यायामको निम्ती विहान बाटोमा देखिने गरेका छन् ।

झापाको बुद्धशान्ति गाउँपालिकाले लकडाउनलाई प्रभावकारी र सफल बनाउन निक्कै कडाई गरेको छ । अत्यावश्यक सामाग्री किनमेलको क्रममा पनि सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । तर, मेची राजमार्ग अन्तर्गत बुधवारे देखि सुनमाई सम्मको सडक–खण्डमा भने दैनिक मानिसहरुको भीड बाक्लो देखिने गरेको छ ।

उनीहरुले कोरोनाबाट बच्ने सुरक्षाका कुनै उपाय अपनाउने गरेका छैनन् । साथै सामाजिक दुरीको वेवस्ता गरी मर्निङ वल्कमा निस्किने गरेका छन् । स्वास्थ्यमा समस्या भएका त विहान हिड्नु ठिकै हो,उनीहरु सतर्क भएर हिड्ने पनि गरेका छन् । तर उक्त भिडमा हिड्ने आधा भन्दा बढी युवा–पुस्ताहरुले लकडाउनको खिल्ली उडाउँदै बाटोमा निस्किदाँ कोरोनाको जोखिम बढाएका छन् । प्रत्येक दिन विहान २ सय बढी मानिसहरुको भीड बाटोमा देखिने गरेको स्थानीय विरेन शेर्माले बताए ।

विहान ३ः३० बजेबाट ६ बजेसम्म होहल्ला सहित बाटोमा हिड्ने गरेको स्थानीयहरु बताउँछन् । बाटोमा हिड्ने युवा–पुस्ता होहल्ला संगै अपशब्द बोल्ने र बाटो नजिक रहेको आँप र लिच्ची समेत टिपेर खाने गरेको पूर्वाञ्चलकर्मीलाई खवर आएपछि दुई दिन विहान बाटोमा उनीहरुको क्रियाकलापको बारेमा बुझिएको थियो । उनीहरु बाटोमा सुत्ने र अत्यावाश्यक एम्वुलेन्स, खाद्यन्न बोक्ने गाडीलाई समेत छेक्ने गरेको पाइएको थियो । स्थानीयले जानकारी दिए जस्तै उनीहरुको क्रियाकलाप त्यस्तै पाएपछि प्रहरी र गाउँपालिका अध्यक्षसंग यस विषयमा जानकारी लिइएको थियो ।

इलाका प्रहरी कार्यालय बुधवारेका प्रमुख युवराज राईले अव दैनिक विहान गस्ति गर्ने र यस्ता क्रियाकलाप देखिए या भेटिए कार्वाही गर्ने जानकारी दिए । प्रहरी प्रमुख राईले भने–‘ स्वास्थ्यमा समस्या रहेको र विहान हिड्नै पर्ने बताएपछि उनीहरुलाई छोड्ने गरेका छौ । तर विहान बाटोमा भीड लागेर हिड्ने मानिसहरुलाई रोक्न गाउँपालिकाले निर्देशन दिए हिड्डुलमै बन्देज लगाउँछौ ।’ प्रहरी प्रमुख राईका अनुसार अव हरेक दिन विहान प्रहरीको टोलीले उनीहरुलाई निगरानी राख्नेछ ।

गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले विहान हिड्ने मानिसहरुलाई उज्यालो भएपछि मात्र हिड्डुलमा निस्कन सुचना जारी गर्ने बताए । अध्यारोमा हिड्डुल गर्दा विकृति फैलिएको खवर यसअघि नै जानकारीमा आएपनि काम ब्यस्तताले त्यता ध्यान दिन सकेनौं ।

अव सार्वजनिक सुचना सहित पहिले जानकारी दिने र आवश्यक सुरक्षा सहित सामाजिक दुरी कायम गरी विहान हिड्डुलको बातावरण मिलाउने बताए । उनीहरुले गाउँपालिकाको सुचनालाई वेवास्ता गरी विहान निस्किए हिड्डुलमै रोक लगाउने जानकारी गराए । तर स्थानीयले भने कोरोनाको उच्च जोखिम रहेको वेला मर्निङ वल्कलाई बन्देज लगाउन प्रहरी प्रशासन र गाउँपालिकालाई आग्रह गरेका छन् ।

1 COMMENT

  1. बाटोमै किन हिड्नु पर्यो आगनमा घुम्दा नि हुन्छ नभयै हडिया पारि जङ्गल सम्म पुगेर आउदा भय‍ो योत अहिले फेसन भाको छ यस्लाई रोक्नै पर्छ कित अन्तर पालिका लक्डाउन खोलिदिये हुन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here