एनएन फाउण्डेशनको नयाँ काम : डिजिटल पाश्र्व चित्र भित्र झापा (भिडियो सहित )

११ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

सुरेन्द्र भण्डारी

बिर्तामोड, 

पूर्ब–पश्चिम राजमार्ग अन्तरगत सुरुङ्गाबाट १७ किलोमिटर दक्षिणमा रहेको झापा गाउँपालिकाले डिजिटल पाश्र्व चित्र तयार गरेको छ ।
आठ हजार २२ घर धुरी र ४१ हजार १ सय ३६ जनसंख्या रहेको झापा गाउँपालिकाका नागरिक प्राय कृषिमा निर्भर छन् । कृषि क्षेत्रको दिगो विकास सहित सबै क्षेत्रलाई समेटेर तयार गरिएको डिजिटल पाश्र्व चित्र झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहलाई हस्तान्तरण गरिएको छ ।
बिर्तामोडस्थित एनएन फाउण्डेशन प्रलिको प्राविधिक सहयोगमा तयार गरिएको डिजिटल पाश्र्व चित्र प्रालिका प्रवन्ध निर्देशक निरज निरौलाले गाउँपालिका अध्यक्ष साहलाई हस्तान्तरण गर्नुभयो ।
एनएन फाउण्डेशनले नेपालका विभिन्न स्थानमा पुगेर बस्तुगत अध्ययन र अनुसन्धान गर्दै विगत तीन वर्षदेखि डिजिटल पाश्र्व चित्र निमाृणमा स्थानीय तहलाई प्राविधिक सहयोग पु¥याउँदै आएको छ ।

झापामा मात्रै १० वटा स्थानीय तहको पाश्र्व चित्र निर्माणमा प्राविधिक सहयोग गरेको फाउण्डेशनले झापा गाउँपालिकामा पछिल्लो पटक पाश्र्व चित्र तयार गरेको हो । पाश्र्व चित्र गाउँपालिकाका लागि श्रोत पुस्तक बन्न सक्ने र समग्र गाउँपालिकाको विकास निर्माणका योजना छनौट गर्दा यसले सहयोग पु¥याउने गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताउनुभयो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ को संक्रमणले मुलुक दुई महिनादेखि ठप्प छ । यस्तो अवस्थामा गाउँपालिका कुन अबस्थामा छ गाउँपालिकाको सामाजिक, आर्थिक र विकास निर्माणका गतिविधि कसरी अगाडि बढाउनुपर्छ भन्ने विषयमा जानकारी लिन सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले बताउनुभयो ।
समग्र गाउँपालिकाको वस्तुस्थिति झल्कने गरी पाश्र्व चित्र निर्माण गरिएको छ । गाउँपालिका भित्र बसोवास गर्ने सबै धर धुरीका मूली र उनीहरुको पारिवारिक विवरण सहित आर्थिक , सामाजिक, शैक्षिक परिवारको कोही सदस्य स्वदेशमा वा विदेशमा छन् सो को समेत जानकारी सहित पेशा व्यवसायलाई समेत समेटिएको छ । गाउँपालिकाले हेर्न चाहेको खण्डमा सबै विवरण अनलाइनबाटै हेर्न सकिने र यसलाई मुहार पुस्तिकाका रुपमा हेर्न सकिने एनएन फाउण्डेशनका प्रवन्ध निर्देशक निरज निरौलाले बताउनुभयो ।
झापामा पछिल्लो समय हरेक स्थानीय तहले डिजिटल पाश्र्व चित्र सहित अध्यावधिक योजना समेत निर्माण गर्दै विकास निर्माणका कामलाई अघि बढाएका कारण झापामा उल्लेख्य प्रगति भएको पाउन सकिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here