झापामा १ हजार ७ सय हेक्टर नेपाली भूभाग अतिक्रमण: मन्त्री भन्छन् – सिमा मिचिनु न्यायोचित हुँदैन

0
1026

झापा,

कोरोना भाइरस कोभिड – १९ को बढ्दो संक्रमणका कारण विश्व नै त्रसिद भइरहेका बेला नेपाल र भारत बीच सिमा विवाद चुलिएको छ ।
अहिले पश्चिम बंगाल र विहारसंग सिमामा जोडिएको झापामा पनि ठूलो क्षेत्रफलमा सिमा अतिक्रमण भएको पाइएको छ । खासगरी भारतसँग सिमा जोडिएको झापाको १ सय ४४ दशमलव २ किलोमिटर क्षेत्रफलको विभिन्न स्थानमा झण्डै १ हजार ७ सय हेक्टर नेपाली भूभाग भारतीय पक्षले अतिक्रमण गरेको देखिन्छ ।
पूर्वी सिमाना मेचीनदीको विभिन्न ८ तटीय क्षेत्र, मेचीपारिको गाउँ, कचनकवलको पाठामारी, घेरावारी साबिक महेशपुर, लगायत ठाउँहरुमा नेपाली भूभाग मिचिएको स्थानीय तथा सिमाविद्हरुले बताएका छन् ।

२०५२ सालअघि नेपालमा नै रहेको कचनकवल गाउँपालिकाको पाठामारी क्षेत्रका करिब २० घर, मेचीपारिको सन्थालवस्तीको ७ घर, मेचीनगरस्थित भान्सा खोलाका ११ परिवार अहिले रातारात भारतीय भूमिमा पारिएको छ । १०४ र १०५ नम्बर सीमा पिलरले घेरिएको मेचीपारिको सन्थालबस्तीका केही परिवार पनि हाल भारतीय भूमिमै परेका छन् ।

२०५२ सालमा आफुले भोगचलन गर्दै आएको नेपाली भूमिको धनीपूर्जा बनाउन खोज्दा पुरै भूमि भारततर्फ परेपछि झापाबासी समस्या परेको प्राध्यापक तथा सिमाविद् चिन्तामणी दाहालले बताउनुभयो ।

बिशेष गरी भारतीय सिमा सुरक्षा बल(एसएसबी)को दादागिरी र सिमावर्ती नेपाली भूमिको उपभोग भारतीय पक्षले गर्दा सिमा अतिक्रमण बढेको पाइएको छ । भारतले झापाको कतिपय सिमावर्ती विवादित सीमा क्षेत्र आफ्नो गुगल म्यापमा समेत समावेश गरिसकेको छ ।

भारतमा ब्रिटीस शासन भएको बेला नेपाल भारत बीच भएको सुगौली सन्धि बमोजिम दुवै देशको सीमा जंङगे पिलरले छुट्याइएको थियो । जङगे पिलरलाई सीमा पिलर मानेर सीमावर्ती आसपासका क्षेत्रमा बर्षौदेखि नेपाली बसोबास गर्दै आइरहेका थिए । पूर्वको सिमाना मेचीनदीको वहाव परिवर्तन र बाढीका कारण सिमास्तम्भ बगाउदा भारतले २०४३ सालतिर सीमा मिच्न सुरु गरेको पाइएको छ ।

एक साता अघि मात्र कोरोना भाइरस सङ्क्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समिति झापाले भारतसँग जोडिएका सीमावर्ती स्थानका सुरक्षा चौकीहरुको अनुगमन गरी पारित गरेको प्रतिवेदनमा समेत भारतद्वारा गरिएको भूमि अतिक्रमणबारे उल्लेख छ ।

प्रतिवेदनअनुसार झापा गाउँपालिका–१ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको पाइएको हो ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले कोरोनाका कारण सिमालाई व्यवस्थित गर्ने चर्चा चलिरहेको बेला अब सिमाको वैज्ञानिक व्यवस्थापनको खाँचो रहेको औल्याउनुभयो ।
पटक पटक भारतीयले दादागिरी शैलीमा बर्षौंदेखी नेपाली भूमि कब्जा गरिरहदा पनि स्थानीय प्रशासन र सरकारले खासै चासो दिएको थिएन ।

नेपालतर्फ दशगजा क्षेत्रको सुरक्षा प्रभावकारी नभएकाले सिमामा भारतीयको दबदबा बर्षौंदेखी रहिरहेको थियो । अहिलेको अवस्थामा नै पटकपटक देखिने सिमाविवादलाई निष्कर्षमा पु¥याउनुपर्ने अवसर प्राप्त भएको छ ।

झापामा यस अघि भारतीय पक्षले कचनकवल गाउँपालिकाको घेरावारीमा नेपाली भूमि मिचेर सडक निर्माण गरेको छ । गाउँपालिकाको पश्चिम दक्षिणी भू– भागमा भारतीय पक्षले सडक निर्माण गरेको हो । भारतीय पक्षले सिमा मिचेपछि स्थानीय वासी विरोधमा समेत उत्रिए । तर, भारतले आफ्नो दादागिरी प्रवृति देखाउन नछाड्दा अहिले कचनकवल गाउँपालिकामा समेत भारतीय पक्षले दसगजा र नेपाली भूमि मिचेर सडक निर्माण गरेको छ । भारतको यस्तो हेपाह प्रवृति कहिले अन्त्य होला । सरकारले नयाँ नक्सा जारी गरेसंग अब सिमा विवादको विषयमा कुटनीतिक तवरबाट समस्या समाधान गर्न तदारुपता देखाउन जरुरी देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here