रोटरी क्लब काँकरभिट्टाको ‘क्लब एश्याम्ली हेण्डओभर एण्ड टेक ओभर प्रोग्राम’ सम्पन्न

0
943

लक्ष्मी उप्रेती /काँकरभिट्टा,

रोटरी क्लब काँकरभिट्टाको ‘क्लब एश्याम्ली हेण्डओभर एण्ड टेक ओभर प्रोग्राम’ सम्पन्न भएको छ । मेचीनगरस्थित अरुणोदय आवसीय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रमको अध्यक्षता रोटरी क्लब काँकरभिट्टाको सन् २०१९ का अध्यक्ष मोहन निरौलाले गर्नुभएको थियो । कार्यक्रमा अध्यक्ष निरौलाले आफ्नो कार्यकालमा भए गरेका वार्षिक गतिविधीसहित वार्षिक विवरण प्रस्तुत गर्नुभयो ।

उहाँले प्रस्तुत गरेको वार्षिक कार्य विवरणमा अहिले विश्वमा महामारीकारुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा रोटरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख छ । सामाजिक, शैक्षिक, खेलक्द तथा स्वास्थ्य शिक्षालगायत हरेक सामाजिक सेवामा रोटरीले आफ्नो उपस्थितीसहित विभिन्न रचनात्मक एवम् सकरात्मक काम गरेको अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।

अहिलेसम्म कसैको नजर नपुगेको झापाको मेचीनगर— १५ स्थित मेचीपारीको ग्वाला वस्तीमा सोलारदेखि अति विपन्न महिलालाई दशैको अवसरमा कपडा वितरण, सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन मेचीनगर नगरपालिकासँगको सहकार्यमा म्याराथुन दौड,देखि दादुरा पोलयो दिवसका दिन विभिन्न जनचेतनामुलक कार्यक्रम निःशुल्क स्वस्थय शिविर समेत सम्पन्न गरेको विवरणमा उल्लेख छ ।

क्लबका सचव उदयकुमार श्रेष्ठाले सञ्चालन गरेको कार्यक्रममा क्लबका कोषाध्यक्ष कमल थापाले ५ लाख ३३ हजार ५ सय रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष निरौलाको वार्षिक तथा कोषाध्यक्ष थापाको आर्थिक प्रतिवेदनमाथि छलफल भएर सदस्यहरुले पारित गरेका थिए ।


कार्यक्रममा सन् २०२०—२०२१ को प्रिसिडेण्ट कृष्णकान्त खनियाले आफ्नो नेतृत्वमा रहेको कार्यसमितिको नाम सार्वजनिक गर्नुुभएको थियो । उहाँले सार्वजनिक गरेको नामवलीमा प्रेसिडेण्ट इलेक्टमा रोहितकुमार बुढाथोकी, प्रेसिडेण्ट नोमिनिमा सुजन प्रधान, पास्ट प्रेसिडेण्ट मोहन निरौला, भाइस प्रेसिडेण्टहरुमा डाक्टर आनन्दराज खनाल र इञ्जिनियर रुद्र मैनाली सेक्रेटरीमा उदयकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा युवराज भट्टराई हुनुुहुन्छ ।

क्लब व्यवस्थापनको प्रमुखमा राजु मर्हजन, सदस्य विस्तार समितिको प्रमुख कृष्णराज पौडेल, योजना सेवा प्रमुख नवीन वराल, रोटरी फाउण्डेशन चियर राधिका गुरुङ, मर्यादापालकमा विजया तामाङको नाम समेत सार्वजनिक गरिएको छ । क्लबको सल्लाहाकारमा गोपाल तामाङ, क्लब मेनटरमा अशोककुमार श्रेष्ठ, क्लब ट्रेनरमा दिलिप सुवेदी वेभ मास्टरमा मुना प्रधान, रोट्रयाक मेनटरमा पेमा तामाङ, तथा युथ सर्भिसमा दीपेन्द्रराज पाण्डे छन् । गीता आचार्य, राधिका गुरुङ,विवेक श्रेष्ठ, लक्ष्मीदेवि खनिया विजया तामाङलाई समेत क्लबले विभिन्न जिम्मेवारी प्रदान गरेको छ । कृष्णकान्त खनिया नेतृत्वको पदाधिकारहिरुको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम रोटरीको अन्तर्राष्ट्रिय मान्यता अनुसार जुलाई महिनामा हुने बताइएको छ ।


सन् २०२०—२०२१ का प्रेसिडेण्ट इलेक्ट रोहितकुमार बुढाथोकलिे स्वागत गरेको कार्यक्रममा पूर्व अध्यषहरु राजु मर्हजन, दिलीप सुवेदी राधिका गुरुङलगायतले बोल्नुभएको थियो । उहाँहरुले रोटरीले हरेक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गदैं अब आफ्नो लागिमात्र होइन समाजका लागि पनि केही गर्नुपर्छ भन्ने हरेको सोच हुनुपर्ने धारणा राख्नुभएको थियो ।

रोटरी भनेको आफ्ना स्वार्थभन्दामाथि उठेर मानवीय सेवामा समर्पित एउटा नाफारहति समाजकालागि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच भएका निःस्वार्थ भावनाले समाजमा केही गरौं भन्ने विभिन्न क्षेत्रमा सक्रिय उद्योगी व्यवसायीहरु तथा विभिन्न पेशामा रहेका मानिसहरु अटाउने सामुहिक संस्था रहेकाले पनि यसले देश विकासमा निक्कै ठुलो टेवा पुग्ने विश्वास उहाँहरुले व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी सवैलाई सन् २०२०— २०२१ का प्रेसिडेण्ट नोमिनिमा सुजन प्रधानले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here