ताप्लेजुङका ६२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

0
818

ताप्लेजुङ,

आरडिटि पोजेटिभ देखिएका एक वृद्धसहित ताप्लेजुङमा ६२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

जिल्ला अस्पतालमा उपचारका क्रममा आएका मैवाखोला गाउँपालिका–२ का ६७ वर्षीय वृद्धको बिहीबार आरडिटि रिपोर्ट पोजेटिभ देखिएपछि पिसिआर विधिबाट कोरोना भाइसर परीक्षणका लागि स्वाब विराटनगर पठाइएको थियो।

हालसम्म ६२ जनाको स्वाब पिसिआर विधिबाट परीक्षणका लागि पठाइएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल ताप्लेजुङका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सोनिङ लामाले जानकारी दिए।

यता प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले समेत सबैको रिपोर्ट नेगेटिभ आएको जनाउँदै हल्लाको पछि नलाग्न र सुरक्षित तवरले बस्न आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here