मेचीनगरमा ५४ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन

0
534

१५ जनाको पीसीआर रिपोट नेगेटिभ

मेचीनगर,

मेचीनगर नगरपालिकामा आइतबार ५४ जनाको पोलिमिरेस चेन रियाक्सन (पीसीआर) परीक्षणका लागि स्वाब संकलन गरिएको छ । चन्द्रशेखर यादवसहितको स्वास्थ्यकर्मीको टोलीले जनप्रतिनिधि, कर्मचारीसहित ५४ जनाको नमूना संकलन गरेको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाको संयोजनमा संकलन गरीएको नमूना परक्षिणलागि १ नम्बर प्रदेश प्रयोगशाला विराटनगर पठाईएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताए । शाखा संयोजक शशीकला राई , सहसंयोजक रामनारायण यादव, टीकाराम ढकाल, गोपाल बराल दीपक सपकोटालगायतको स्वास्थ्यकर्मीको टोलीले नगरपालिका परिसरमाबाटै नमूना संकलन गरेको थियो ।

यसैगरी मेचीनगरकोे विभिन्न क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिएका १५ जनाको पोलिमिरेस चेन रियाक्सन पीसीआर रिपोट नेगेटिभ आएको छ । मेचीनगरकोे विभिन्न क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिएका ३ सय १५ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा ६ महिलासहित १५ जनाको आरडीटी टेष्टमा पोजेटिभ आएको थियो ।

र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट पोजेटिभ देखिएपछि सवैको पोलिमिरेस चेन रियाक्सन पीसीआरका लागि नमूना संकलन गरी परीक्षण गर्दा सवैको रिपोट नेगेटिभ आएको हो । काँकरभिट्टा माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा रहेका १ सय ४८ जना मध्ये ३ र आदर्श माध्यमिक विद्यालय आयावारी क्वारण्टिनमा रहेका १ सय ४५ जनामध्ये १२ गरी कुल १५ जनाको एन्डीबडी पोजेटिभ देखिएको थियो ।

अहिलेसम्म मेचीनगरमा नगरपालिकक्षेत्रमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण कहि कतै फेला नपरेको नगरपालिकाका प्रमुख विमल आचार्यले जानकारी दिनुभयो । नगरप्रमुख आचार्यले नगरपालिमा यसको नियन्त्रणका लागि शुरुदेखि नै उच्च सतर्कता अप्नाइएको सामाजिक दुरी कायम गरिएका कारण नगर सुरक्षित बनेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here