विर्तामोड १ को सडकमा कालोपत्रे र पेवर्स बिछ्याइने

0
1522

तुलसीप्रसाद निरौला/ बिर्तामोड ।

सरकारले लकडाउनको समयमा पनि विकास निर्माणको कामलाई निरन्तरता दिने निर्णय गरेसंगै झापामा पनि विकास निर्माणका काम धमाधम भइरहेको छ ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमका बीच पनि सामाजिक दुरी अपनाउँदै सुरक्षाका सामग्री प्रयोग गरेर विकास निर्माणका कामलाई निरन्तरता दिन थालिएको हो । यसैवीच विर्तामोड वडा नंम्वर १ मा सडक कालोपत्रे गर्न र पेवर्स बिछ्याइने कार्य शुरु गरिएको छ ।

विर्तामोड वडा नंम्वर १ को अतिथि सदनबाट पश्चिम र बिर्तामोड आँखा अस्पतालको नजिक, पूर्वपश्चिम राजमार्गबाट उत्तर जगत मार्ग , वरपीपलचोकसम्म लोकतान्त्रिक मार्गबाट पञ्चकन्या धर्मकाँटासम्मको सडक कालोपत्रे र पेवर्स बिछ्याइने भएको हो ।

विर्तामोड वडा नंम्वर १ को अतिथि सदनबाट पश्चिमको ५ सय ५० मिटर दूरीको सडकमा पेवर्स बिछ्याइने र बिर्तामोड आँखा अस्पतालको नजिक, पूर्वपश्चिम राजमार्गबाट उत्तर जगत मार्ग , वरपीपलचोकसम्म लोकतान्त्रिक मार्गबाट पञ्चकन्या धर्मकाँटासम्मको एक हजार १ सय ५० मिटरको सडक कालोपत्रे हुने भएको हो ।

उक्त सडक चार करोड ५१ लाख रुपैयाँको लागतमा निर्माण हुने भएको हो । संघीय सरकारको दूई करोड र अन्य रकम विर्तामोड नगरपालिकाको सपपुरक शिर्षकबाट उपलव्ध भएको बिर्तामोड नगर पालिका वडा नंम्वर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले बताए ।

वडा नंम्वर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेको अध्यक्षता तथा विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

उक्त सडक निर्माण कार्यको शिलान्यास विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंले गरेकी थिइन् ।
कार्यक्रममा उपप्रमुख प्रसाईंले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरिन् ।

कार्यक्रममा नेकपा बिर्तामाड नगर सहइन्चार्ज हरिप्रसाद ओझा, नेपाली कांग्रेस वडा नंम्वर १ का वडा सभापति नगेन्द्र बस्नेत, राप्रपा वडा नंम्वर १ का उपाध्यक्ष सन्तोष कडरियालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नंम्वर १ का वडाध्यक्ष तथा बिर्तामोड नगरपालिका प्रबक्ता अग्निप्रसाद पाण्डेले उक्त सडक निर्माणको गुणस्तरमा कुनै सम्झौता नगरिने बताए ।

कार्यक्रममा सडक निर्माणको जिम्मा पाएको बिर्तामाड ५ को सरोज निर्माण सेवाका सञ्चालक भीमचन्द्र भट्टराईले स्टमेट अनुसार गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको सञ्चालन बिर्तामोड वडा नम्बर १ का सदस्य प्रेमकुमार खरेलले गरेका थिए ।

यसैवीच सडक निर्माणको अनुगमन गर्न र सडक निर्माणसँग सम्बन्धित समस्या आए समाधान गर्न हरिप्रसाद ओझाको संयोजकत्वमा ११ सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।

समितिका सदस्यहरुमा हाइकुमार राई (प्रकाश), त्रिलोचन प्रसाईं, नगेन्द्र बस्नेत, प्रकाश खतिवडा, सन्तोष कडरिया, कुलप्रसाद खरेल, राजेन्द्र बस्नेत, राजु बस्नेत, देवकला बराल (बिष्ट) र अर्जुन साउदेन रहेका छन् ।

त्यस्तै, कानुनी सल्लाहकारमा राजेन्द्र खनाल र कोपिला बस्नेत रहेका छन् । सडक निर्माणले त्यस क्षेत्रका वासिन्दा लाभान्वित हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here