कोरोनाबाट सुरक्षित हुन स्वच्छ खाना खाऔँ : प्रधानमन्त्री ओली

0
858

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमबाट सुरक्षित हुनका लागि सबैलाई सन्तुलित, पोसिलो तथा स्वच्छ खानाको उपभोग गर्न र व्यक्तिगत सरसफाई कायम राख्न अपिल गरेका छन्।

दोस्रो खाद्य स्वच्छता दिवसको शुभकामना दिँदै उनले भनेका छन् ‘नागरिकको खाद्य अधिकार र स्वास्थ्यको सुरक्षालाई मैले सधैं उच्च प्राथमिकतामा राखेको छु। पछिल्लोपटक फैलिएको कोभिड–१९ को विश्वव्यापी महामारीको जोखिम कम गर्न सन्तुलित र स्वच्छ खाद्यवस्तु र औषधिजन्य वनस्पतिको प्रयोगमा जोड दिन मैले आग्रह गर्ने गरेको छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here