विर्तामोडको सिम्रिक र दमकको चेतनशील सहकारीवीच एकीकरण

0
1396

बिर्तामोड, झापाको विर्तामोड नपा ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र दमक नपा ६ मा कार्यालय रहेको चेतनशील बचत तथा ऋण सहकारी संस्थावीच सोमवार एकीकरण भएको छ ।
सहकारी एकीकरण गर्न राज्यले दिएको अवसरलाई आत्मसात गरी सोमवार पत्रकार सम्मेलन गर्दै दुई सहकारीवीच एकीकरण भएको घोषणा गरिएको हो ।


सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतलाई चेतनशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानवहादुर योगीले वैशाख मसान्तसम्मको कारोवारसहितको वासलात हस्तान्तरण गरी दुई सहकारीवीच एकीकरण भएको घोषणा गरेका थिए ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर वस्नेत र चेतनशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानवहादुर योगीको संयुक्त अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतले औचित्य माथी प्रकाश पार्दै सरकारले ल्याएको सहकारी एकीकरणको नीति अनुसार सिम्रिक बचत तथा ऋण सहकारी संस्था र चेतनशील बचत तथा ऋण सहकारी संस्थाको उद्धेश्य एउटै भएका कारण ती दुई सहकारीवीच एकीकरण गरिएको बताए । उनले दुई सहकारीवीच एकीकरण गरेसंगै अब उप्रान्त सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको नामबाट दमकमा कारोबार गरिने वताए ।
एकीकरण भएसंगै चेतनशील बचत तथा ऋण सहकारी संस्थामा आवद्ध ५ जना महिला कर्मचारी पनि अब सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको कर्मचारीका रुपमा नियुक्ती भइसकेको बताउँदै उनले सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले अब दमकमा पनि सेवाकेन्द्र सञ्चालनमा ल्याएर आफ्ना सदस्यहरुमाझ कारोबार गर्ने जानकारी दिए ।
कार्यक्रममा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतले २० लाख ५५ हजार रुपैयाँ शेयर पुँजीबाट कारोबार गरी सिम्रिकले अहिले एक अर्ब १८ करोड रुपैयाँको वासलात बनाउन सफल भएको बताए । उनले जिल्लाका १७ वटा स्थानमा सेवाकेन्द्र सञ्चालन गरेर २४ हजार ५ सय ६५ जना सदस्यलाई वित्तीय सेवा प्रवाह गरिरहेको जानकारी दिए ।
शेयर सदस्यहरुले जीवनका अनेकन सुखदुःखका क्षणहरुमा सिम्रिकको न्यानो साथ पाएको बताउँदै अध्यक्ष बस्नेतले स्वास्थ्य उपचार, मृत्यु राहत, ऋणी सदस्यको मृत्युमा कर्जा मिनाहा लगायतको सेवा सुविधा शेयर सदस्यहरुलाई प्रदान गरिएको वताए ।

कार्यक्रममा चेतनशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानवहादुर योगीले आफ्नो संस्था २०६८ साल भदौ २९ गते दर्ता भई सञ्चालनमा रहेको बताउँदै चेतनशील बचत तथा ऋण सहकारी संस्थामा २ लाख ५० हजार शेयर पुँजीबाट कारोबार शुरु गरी अहिले २ करोड दुई लाख २८ हजार ९ सय ३१ रुपैयाँ पुरयाएको बताए । उनले संस्था एकीकरण भएसंगै अझ मजवुत वनेर शेयर सदस्यलाई वित्तीय सेवा प्रवाह गरिने जानकारी दिए ।

कार्यक्रममा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष किरण कपुरी , विभागिय प्रमुखहरु मिनवहादुर अधिकारी , प्रेम वस्नेत (विजय) लगायतले पत्रकारको जिज्ञाशाको जवाफ दिएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका सचिव सुवास भट्टराईले जानकारी दिए ।
कार्यक्रमको सञ्चालन चेतनशील बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष नविन योगीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here