सुत्केरी र गर्भवतीलाई पोषिला खाद्य वितरण

0
652

बुटवल,

बन्दाबन्दी जारी रहँदा बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषिला खाद्य सामग्री वितरण गरेको छ ।

सुत्केरीलाई पोषणको अभाव हुन नदिन सो उपमहानगरपालिकाले खाद्य सामग्री वितरण गरेको हो । आव २०७५÷७६ देखि नै नमूना कार्यक्रमका रूपमा उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम शुरु भएको थियो ।

जनस्वास्थ्यको हटलाइन सेवासँगै सबै वडालाई लक्षित गरेर विभिन्न ठाउँमा फिवर क्लिनिकसमेत सञ्चालनमा छन् । मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउन संवेदनशील भएर लागिएको उपमहानगरलिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

स्वास्थ्य सुरक्षा प्रबन्धसहित सामाजिक दूरी कायम गरेर नगरका अतिविपन्न समुदायका सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री प्रदान गरिरहेको उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिनुभयो । लकडाउनको अवधिमा पनि ८१ जना आर्थिकरूपमा विपन्न तथा श्रमिक गर्भवती तथा सुत्केरीको घरमै पुगेर सेवा दिइएको जनाइएको छ ।

उनीहरूलाई क्याल्सियम, आइरन, आयुर्वेदिक औषधि, घ्यू, मेथी, ज्वानो, चामललगायतका पौष्टिक आहार उपलब्ध गराइएको छ । त्यसैगरी स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच र परामर्शसमेत दिइएको उहाँले जानकारी दिनुभयो ।

गर्भवती र प्रसूति अवस्थाका साथै बच्चा दुई वर्षको हुँदासम्म दूध, घ्यू, मासु, अण्डा, सागलगायत पोषिला खानेकुरा खानुपर्ने सन्देश पु¥याउन सो कार्यक्रम सञ्चालन भएको थियो । गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्शसमेत दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here