आगो फुक्ने ढुंग्रोले हानेर बुवाको हत्या

0
638

सोलुखुम्बु,

बुबाको हत्या आरोपमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

गाउँपालिका ४ का स्थानीय १९ वर्षीय कुवेर राईलाई प्रहरीले प्रक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार बिहीबार बेलुका घरायसी विवाद हँुदा कुवेरले आगो फुक्ने ढुङ्ग्राले हानेर ५७ वर्षिया बाबु सन्तकुमारको ज्यान लिएका हुन्।

ढुङ्ग्राले टाउकोमा चोट लागेका सन्त कुमारको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक दर्नालले बताए । घटनाको विषयमा स्थानीयले शुक्रबार बिहान इलाका प्रहरी कार्यालय सोताङलाई खबर गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here