झापामा सात जुवाडे पक्राउ

0
1172

बिर्तामोड ।

झापाको कनकाई नगरपालिका –३ बाट सात जना जुवाडे पक्राउ परेका छन् । कनकाई नगरपालिका –३ टप्पू टोलस्थित चेतनकुमार प्रसाईको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिइएको प्रहरी टोलीले नगद ७१ हजारसहित कौडा र सात जना जुवाडेलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिए । पक्राउ पर्नेमा कनकाई नगरपालिका ३ का विष्णुप्रसाद उप्रेती, लीलु अग्रवाल, सुरज चुडाल, हरि खरेल, ओमप्रकाश चापागाई, कनकाई ४ का मानबहादुर श्रेष्ठ र हरिबहादुर श्रेष्ठ रहेका छन् ।

नगदसहित पक्राउ परेका जुवाडेहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तरगर्त मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here