विश्व रक्तदाता दिवसमा रक्तदान र रक्तदाता सम्मानित

0
1423

बिर्तामोड, 

विश्व रक्तदाता दिवसको अवसर पारेर सतासीधाम जेसीज र धरमपुर वचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा शिवसताक्षीको धरमपुर चौकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ६३ जनाले रक्तदान गरेको वताइएको छ ।

सतासीधाम जेसीजका अध्यक्ष कुमारसिंह साँवा र धरमपुर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीपकुमार श्रेष्ठको संयुक्त अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धरमपुर वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक बिनोद ढकालले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि ढकालले कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनको अवस्थामा पनि शिवसताक्षी नगरपालिकामा ४ पटक रक्तदानको आयोजना गरेर ५०० युनिट भन्दा बढी रगत संकलन भएकोमा रक्तदान आयोजना गर्ने संस्था र रक्तदातालाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल, नेपाली कांग्रेस शिवसताक्षी नगर सभापति पर्शुराम ढुङ्गाना, वडा नं. ८ का वडाध्यक्ष केहरसिंह बस्नेत, सतासीधाम सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष नारायण बजगाँईं, उद्योग वाणिज्य संघ, शिवसताक्षीका अध्यक्ष भोला मैनाली, नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखाका सचिव गोविन्द काफ्ले, राष्ट्रिय रमणिय आदर्श मावि दूधेका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष अशोक बस्नेत लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा शिवसताक्षी नगर क्षेत्रबाट सबैभन्दा बढी रक्तदान गर्ने दुई जना रक्तदातालाई समेत सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा ६३ पटक रक्तदान गरेका शिवसताक्षी ११ दूधेका छबिलाल दवाडी र १५ पटक रक्तदान गरेकी शिवसताक्षी १ की जयकुमारी चेम्जोङ रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि ढकाल लगायतले सम्मान गरेका थिए ।
सतासीधाम जेसीजका पुष्प पौडेलले आस्था वाचन गरेको कार्यक्रमको सञ्चालन सतासीधाम जेसीजका महासचिव विवेक ढकालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here