खाद्य सामग्रीः निःशुल्क डेलिभरी

0
982

काठमाडौँ, 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मूल्यका सामग्री ग्राहकले अनलाइनबाटै माग गरेमा निःशुल्क डेलिभरी गरिने भएको छ ।

कम्पनीका उपमहाप्रबन्धक मोतिराज ज्ञवालीका अनुसार बन्दाबन्दीको अवस्थामा रोगको सङ्क्रमणको जोखिम हुने भएकाले ग्राहकको सहजताका लागि यसरी सेवा थालिएको हो । यसअघि चक्रपथभित्र शुरु भएको सेवा अब भने चक्रपथ बाहिर पनि शुरु गरिएको उहाँले बताउनुभयो ।

इकमर्सको अर्डर लिने र डेलिभरी गर्नका लागि सस्तोडिल डटकमसँग सहकार्य भएको छ । त्यसका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र इकमर्स कम्पनी सस्तोडिल डटकम (कबकतयमभब।िअयm) बीच व्यापार साझेदारी सम्झौता भएको ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार अबका दिनमा भने आफ्नै कर्मचारीसँगै सस्तो डिलमार्फत सामान घर–घरमा पु¥याइने छ ।

साझेदारीसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मूल्यका सामग्री सस्तो डिलले निःशुल्क रुपमा होम डेलिभरी गर्न थालिएको सस्तोडिल डटकमका निर्देशक अमुन थापाले जानकारी दिनुभयो । अहिलेको अवस्थामा सामाजिक सेवाकै रुपमा सरकारलाई सहयोग गर्नका लागि काम थालिएको र यसको सिकाइका आधारमा देशभर सेवा सञ्चालन गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो ।

उहाँले कुनै पनि सेवा नलिइ सरकारी उत्पादन त्यही मूल्यमा निःशुल्क रुपमा घरसम्म डेलिभिरी गरिने समेत बताउनुभयो । उपत्यकाको चक्रपथभित्र यसअघि नै सञ्चालन भएको सेवा अहिले भने चक्रथप बाहिर पाँच किलोमिटरसम्म पुगेर दिइने उहाँले बताउनुभयो ।

कोभिड­१९ को महामारीले गर्दा लकडाउन शुरु भएसँगै इकमर्स सेवाको माग ह्वात्तै बढेको छ । सोही कारण कम्पनीले इकमर्स सेवा शुरु गरेको थियो । ग्राहकले सस्तो डिलको वेबसाईट वा मोबाइल एप प्रयोग गरी अर्डर गर्न सक्नेछन् ।

हाल दाल, चामल, नुन, डिडिसिका उत्पादन लगायतका सामग्री सुचिकृत गरिएको छ । अर्डर गरेको एक दिनभित्रै डेलिभरी हुने र कम्तीमा दुई हजारदेखि बढीमा पाँच हजारसम्मको अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here