“पुलकित नयन “

0
1409

दयानन्द गोश्वामी

 

आँसू ले डुबेको यो बसुन्धरामा
सम्हालेर राख तिम्रा ती कदमहरु,

सायद ती सुकि सकेका होलान
त्यसैले सिस्किहरु तिम्लाइ हेर्छन,

छाया सरी तिम्रा ती सम्झनाहरुले
मेरा पद चिह्नहरु पछ्याउँदै छन् ,

स्तब्धतामा सारा बिलीन भै रहँदा
प्रेमिल मुस्कानको अनुभूति हुन्छ,

अर्धभङ्गी सितारका ती झंकारहरु
अन्तर मानसमा नै तरंगित हुन्छन्,

निशीको श्याम सरी कालो कपाल
मोतीका दानाहरु झैँ बर्षिँदै बादल,

रिमझिम गर्दै त्यो मुसलधारे बर्षा

अनी विभोरान्वित मिठो मुस्कान,

जब सम्झिन्छु अतीत का ती क्षण
पुलकित हुन्छन द्वय विलोचनहरु,

आँसू ले डुबेको यो बसुन्धरामा
सम्हालेर राख तिम्रा ती कदमहरु,

सायद ती सुकी सकेका होलान
त्यसैले सिस्किहरु तिम्लाई हेर्छन।

बाह्रदशी गाउँपालिका झापा,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here