कोरोना पुष्टि भएसँगै सम्पर्कमा रहेकाहरुको पीसीआर परीक्षण शुरु

0
714

काँकरभिट्टा, 

मेचीनगर–६ को होम क्वारेण्टिनमा बसेका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै सोमाबारदेखि उनीसँग सोझै सम्पर्कमा रहेकाहरुको स्वस्थ्य परीक्षण शुरु गरिएको छ ।

भारतको युपिबाट गत जेठ ३० गते काँकरभिट्टा आएर आफ्नै घरमा बसेका पुरुषमा कोरोना संक्रमण फेला परेको थियो । हाल उनको पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टर सुन्दरहरैचा गोठगाउँ मोरङमा उपचार भइरहेको छ ।
मेचीनगर नगरपालिकाको सक्रियतामा स्वास्थ्य कार्यालय झापा र मेचीनगर स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरुले ती पुरुषका एकाघरका सदस्य ७ सहित २२ जनाको पीसीआर विधिबाट परीक्षणका लागि थ्रोड स्वावको नमूना संकलन गरेको हो ।

संकलन गरिएको नमूनालाई परीक्षणका लागि प्रादेशिक प्रयोगशााला विराटनगर १ नम्बर प्रदेशमा पठाउने स्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत जीवन चौलागाईँले जानकारी दिनुभयो । ती सवै रिपोट आएपछि बाकी के गर्ने भन्ने विषयमा योजना नबाईने उहाँको भनाई छ ।

जिल्लाको टोलीमा चौलागाईँसहित ल्याव टेक्निसियन चन्द्रशेखर यादव सिनियर अहेव दीपक सापकोटा स्वास्थ्य शाखा मेचीनगरकाका संयोजक शशीकला राई, सिनियर अहेव लेखनाथ खतिवडा ल्याव टेक्निसियन कमला राजवंशीलगायतको स्वास्थ्यकर्मीहरुको टोलीले थ्रोड स्वावको नमूना संकलन गरेको थियो ।
मेचीनगर–६ का ३३ वर्षीय ती पूरुषसहित ५ नम्बर वडाको बालकल्याण माविको क्वारेन्टिनमा बसेका ३० वर्षीय पुरुषमा संक्रमण देखिएको थियो ।

उनी पनि भारतबाट आएको श्रोतले जनाएको छ । दुवै जनाको असार ३ गते पीसीआर परीक्षणलागि नमुना संकलन गरी प्रादेशकि प्रयोगशाला १ नम्बर प्रदेश विराटनगर पठाइएकोमा आइतबार पीसीआरको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । हालसमम मेचीनगरमापुष्टि भएका ५ जना कोभिड १९ का संक्रमितहरु सवै भारतका विभिन्न ठाउँबाट आएका हुन् । उनीहरु भारतको युपी, चेन्नई, मुम्बई र दिल्लीबाट आएको खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here