पीसीआर प्रयोगशालाका लागी पाँचथरका दिपक नेपालले दिए २१,१६२

0
1933

तुलसीप्रसाद निरौला / बिर्तामोड।

झापाको सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न जनस्तरवाट झापामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालाका लागी फिदिम –१ पाँचथरका दिपक नेपालले आर्थिक सहयोग गरेका छन् ।
पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल अलैंची व्यवसायी महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका   नेपालले पीसीआर प्रयोगशाला स्थापनाका लागी २१ हजार एक सय ६२ रुपैयाँ प्रदान गरेका हुन् ।

उनले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा उपचारका लागि एकका लागि एक अभियानले नागरिकस्तरवाट झापामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालाका लागी निर्वाह गरिरहेको भूमिकाबाट प्रभावित भएर व्यक्तिगत रुपमा उक्त रकम प्रदान गरिएको नेपालले बताए ।

प्रदेश नं १ मा कोरोना संक्रमितको संख्या वढीरहेकोले कोरोना संक्रमितको उपचारका लागि पीसीआर प्रयोगशालाको आवश्यकता टड्कारो रुपमा देखिएकाले एकका लागि एक अभियानले जनस्तरवाट झापामा पीसीआर प्रयोगशाला स्थापना गर्न लागेकाले आफूले पीसीआर प्रयोगशाला स्थापनाका लागी आफूले सहयोग गरेको उनले वताए ।

प्रदेश १मा जनस्वास्थ्य परिक्षण प्रयोगशाला विराटनगर , विराटनगरको कोसी अस्पताल, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको पीसीआर परीक्षणका भइरहे पनि रिपोर्ट आउन एक साताभन्दा बढी समय पर्खनुपर्ने बाध्यता भएकाले झापामै कोरोना परीक्षणका लागी पीसीआर प्रयोगशाला सञ्चालनमा आए इलाम , पाँचथर लगायतका पहाडि जिल्लाका वासिन्दा लाभान्वित हुने भएकाले आफूले सहयोग गरेको उनले वताए ।
आफूले व्यक्तिगत रुपमा सहयोग गरेपनि पाँचथर उद्योग वाणिज्य संघका पदाधिकारीहरुसंग छलफल गरेर संस्थागत रुपमा समेत सहयोग गर्ने उनले वताए ।

एकका लागि एक अभियानले नागरिकस्तरवाट झापामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालाका लागी नेपालले गरेको सहयोग अनुकरणीय रहेको एकका लागि एक अभियानका साझेदार संस्था बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले वताए ।

उनले पीसीआर प्रयोगशाला स्थापनाका लागी विभिन्न उद्योग बाणिज्य संघले आर्थिक सहयोग गरिरहेकाले पाँचथर उद्योग वाणिज्य संघलाई पनि सहयोग गर्न आग्रह गरे ।

‘एकका लागि एक’ अभियानको अगुवाईमा झापामा स्थापना गर्ने भनिएको पीसीआर प्रयोगशाला कनकाई नगरपालिकाको कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा राखिने भएको ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

उनले ‘एकका लागि एक’ अभियान अन्तर्गत हालसम्म ७० लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको र जसमध्ये विपन्न परिवारलाई राहत, भिटीएम किट, विपन्नलाई खाना लगायतका शीर्षकमा करिब ४० लाख रुपैयाँ खर्च भएर ‘एकका लागि एक’ अभियान अन्तर्गत ३० लाख रुपैयाँ बचत रहेको जानकारी दिए ।

पीसीआर प्रयोगशालाका लागि आवश्यक मेसीन र उपकरण खरिदका लागि  हालसम्म ८० लाख रुपैयाँ भन्दावढी रकम जुटीसकेको ‘एकका लागि एक’ अभियानका सहसंयोजक विनोद बस्नेतले बताए । उनले जनस्तरवाट झापामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालाका लागी सहयोग गर्न सवैलाई आग्रह समेत गरेका छन् । ‘एकका लागि एक’ अभियान संवाद समूह झापाको संयोजन र सहजीकरणमा सञ्चालन भइरहेको वताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here