अर्जुनधारामा रोग प्रतिरोधात्मक क्षमता बढाउन औषधी वितरण

0
729

अर्जुनधारा।

कोभिड–१९ महामारीको जोखिमसँगै अन्य रोगहरुसँग लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्धेश्यले अर्जुनधारा नगरपालिका अन्र्तगत रहेको शनिश्चरे आयुर्वेद औषधालयले सोमबार औषधी वितरण गरेको छ ।

औषधालय प्रमुख कविराज निरिक्षक अनिल ठाकुर, वैद्य निरिक्षक पुष्कर खतिवडालगायतको टोलीले अर्जुनधारा नगरपालिकाले वडा नम्बर ८ मा सञ्चालन गरेको अर्जुनधारा क्वारेन्टाइन स्थलमा रहेका ६० जनालाई उक्त औषधी वितरण गरेको हो ।

प्रत्येक व्यक्तिलाई एक सय ग्रामका दरले वितरण गरिएको तीन प्रकारको औषधीमा अश्वगन्धा चूर्ण, आमलकी चूर्ण र गुड्ची चूर्ण रहेको प्रमुख ठाकुरले जानकारी दिए । प्रयोग गर्ने विधिसहित वितरण गरिएको उक्त औषधी सबै उमेर समूहकालाई लाभदायक हुने प्रमुख ठाकुरले दावी गरेका छन् ।

यस अघि औषधालयले सोही क्वारेन्टाइनमा रहेका ५० जनालाई उक्त औषधी वितरण गरेको कार्यालय सहायक महेन्द्र खरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here