मोरङ।
मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट लागुऔषध कोरेक्स सहित एक जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलवार राती १२ बजे स्थानीय १९ बर्षीय सुधिर पासवानलाई २२ बोतल लागुऔषध कोरेक्स सहित पक्राउ गरेको हो ।
पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।