कोरोना कोषमा ३० लाख सहयोग

0
648

बागलुङ,

सुमेघ टुर्स एण्ड ट्राभल्सले यहाँका तीन स्थानीय तहसहित सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग गरेको छ ।

सरकारको केन्द्रीय कोषमा रु २० लाख, बागलुङ नगरपालिका, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको कोरोना व्यवस्थापन कोषमा क्रमशः रु चार÷चार र दुई लाख प्रदान गरिएको ट्राभल्सले जनाएको छ । ट्राभल्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा राज्यलाई सघाएको सञ्चालक मेघ खत्रीले बताउनुभयो । उहाँले आकस्मिक प्रकोप र सङ्कटमा सधँै सहयोगी भूमिकामा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कोरोनाका कारण गरिएको बन्दाबन्दीबीच ट्राभल्सले अघिल्लो महिना जापानका लागि तीन चार्टर्ड उडानसमेत गरी यात्रुलाई सेवा पु¥याएको थियो । जापानमा कार्यरत तथा नेपाली विद्यार्थी, विदेशी नागरिकलगायत गरी ७६६ यात्रुलाई नेपाल वायुसेवाको वाइडबडी जहाजमार्फत गन्तव्यमा पु¥याइएको ट्राभल्सले जनाएको छ ।

सञ्चालक केसीले गृहजिल्ला बागलुङको पर्यटन र सामाजिक विकासका क्षेत्रमा ट्राभल्समार्फत सहयोग पु¥याउँदै आउनुभएको छ । कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सहयोग गरेर ट्राभल्सले राम्रो काम गरेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो ।

गाउँपालिकाले स्थापना गरेको कोषमा हालसम्म रु ४० लाखभन्दा धेरै रकम जम्मा भइसकेको छ । स्थानीय तहले कोरोना महामारीलाई लक्ष्य गरी खडा गरेका कोषमा देश विदेशबाट सहयोग जुट्ने क्रम बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here