बिर्तामोडका पसल अघि गोलो घेरा बनाउन शुरु

0
1258

झापा ।

झापाका १५ वटै स्थानीय तहमा कोरोना भाइरसको संक्रमण फैलिएसंगै बिर्तामोडमा सामाजिक दुरी कायम गर्न संकेतिक अभियान सञ्चालन गरिएको छ ।

पूर्वकै ब्यस्त शहरको रुपमा रहेको बिर्तामोडमा सामाजिक दुरी तथा मास्कको प्रयोग नगर्नेको संख्या बढेसंगै जोखिम बढेको भन्दै इलाका प्रहरी कार्यालय अनारमनीको आह्वानमा हरेक पसल अघि भौतिक दुरी कायम गर्न गोलो घेरा अनिर्वाय बनाउन शुरु गरिएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण फैलदै गएको तर, सामाजिक दुरी तथा अटेरिपन बढ्दै गइरहेका बेला बिर्तामोडमा सामाजिक दुरी कायम राख्न सचेतना मुलक कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

उनले भने– एक जना संक्रमित ब्यक्तिले धेरै मानिसलाई संक्रमण सार्न सक्ने भएकाले सबैले आफु सुरक्षित हुन जरुरी छ । लकडाउन खुकुलो भएसंगै मानिसको जमघाट बढेकाले यो अवस्थामा भौतिक दुरी, मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, बारम्बार हात नधुने हो भने यसले भयावह अवस्था ल्याउन सक्छ ।

बिर्तामोडमा ब्यवसाय गर्ने सबै ब्यवसायीलाई अनिर्वाय सुरक्षा अप्नाउन आग्रह गरेपनि कोरोना भाइरसलाई सामान्य रुपमा बुझन थालेकोले भयावह अवस्था आउने भन्दै बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव भेषराज भण्डारी(प्रसन्त)ले चिन्ता ब्यक्त गरेका छन् । उनले ब्यवसायीलाई आफ्नो पसलमा आउने ग्रहाकलाई अनिर्वाय मास्कको प्रयोग गर्न तथा साबुन पानीले हात धुन लगाउन सुझाव दिए ।

कोरोना भाइस सामुदायमा फैलने खतरा बढेकाले अब भीडभाडमा जाँदा तथा हरेक क्षेमा सावधानी नअप्नाए अवस्था जटिल बन्न सक्ने चेम्बर अफ कर्मशका अध्यक्ष ओम विमालीले बताए । पछिल्लो समयमा बिर्तामोडमा अटेरीपन बढ्दै गएको उनको भनाई छ । आफै कमजोरीका कारण कोरोना भाइरस समुदायमा फैलने जोखिम बढेको रोटरी क्लब अफ बिर्तामोड मिटटाउनका चार्टर प्रेसिडेन्ट सन्तोष अग्रवालले बताए ।

उनले सबै ब्यवासायीले भौतिक दुरी अप्नाउन जरुरी रहेको विचार ब्यक्त गरे । बिर्तामोडमा समेत कोरोनाको संक्रमण देखिएको भन्दै उनले अब आफै सचेत बन्नुपर्ने बताए ।इलाका प्रहरी कार्यालय अनारमनीको आह्वानमा रोड ट्रयाक क्लब अफ बिर्तामोड मिट टाउनको सहजीकरणमामा भएको कार्यक्रममा बिर्तामोड उद्योण वाणिज्य संघ, सामुदायिक प्रहरी सेवा केन्द्र, मारवाडी सेवा समिति, मारवाडी युवा मञ्च, चेम्बर अफ कर्मश झापा, रोटरी क्लब बिर्तामोड मिटटाउन, इआरसी फोकल पर्सन लगायत दर्जनबढी संघ संस्थाको सहभागितामा सामाजिक दुरी कायम गर्न गोलो घेरा बनाउने काम शुरु गरिएको हो ।

संकेतिक रुपमा केहि पसलहरुको अगाडी अहिले गोलो घेरा बनाउने काम गरिएको र सबै क्षेत्रमा यस्तो नियम पालन गर्न आग्रह गरिएको बताइएको छ । बिर्तामोड नगरपालिका–५ का वडाध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरीको अगुवाईमा सबै सामाजिक संघ संस्थाले सहयोग गरेको र अब जनता आफैं सचेत बन्नु पर्ने उल्लेख गरे । उनले स्थानीय सरकारले सचेत रहन पटक–पटक आग्रह गर्दै आएको भन्दै अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन उनले सबैसंग अनुरोध गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here