स्वास्थ्य प्रति सर्वसाधारणकै हेल्चेक्र्याँई, कोरोना समुदायमा फैलने जोखिम

0
945

बिर्तामोड ।

कोरोना भाइरसका कारण विश्वका कतिपय मुलुकमा लाखौं मानिसको मृत्युभएको छ । भाइरसले विश्वभर महामारीको रुप लिइ रहेका बेला नेपालमा भने जनताले नै हेल्चेक्र्याँई गरिरहेका छन् ।

सरकारले गत चैत ११ गतेबाट लकडाउन गरेको छ । शुरुका दिनहरुमा लकडाउ पूर्ण रुपमा लागु भएपनि पछिल्लो समय असावधानी बढ्दैं जाँदा भाइरस समुदायमा फैलने जोखिम बढेको चिकित्सकहरुको भनाई छ ।

शुरुका दिनमा नियमित हात धुने, अनिर्वाय मास्क प्रयोग गर्ने तथा सेनिटाइजरको प्रयोग गर्ने गरेका सर्वसाधारण जनता अहिले खुलेआम रुपमा हिड्न थालेका छन् । अत्ति आवश्यक काम बाहेक नहिड्न स्वास्थ्य मन्त्रालयले पटक–पटक आग्रह गरेपनि वेवास्ता गर्नेको जमात बढ्दै गएको छ । अनावश्यक रुपमा भीडभाड नगर्न र सावधानी अप्नाउन तीन वटै सरकार, विभिन्न संघ–संस्था तथा प्रहरीले आग्रह गरेपनि अटेर गर्नेहरु बढेका छन् ।

प्रदेश–१ अनर्तगत झापामा कोरोनाको संक्रमण उच्च रहेको छ । झापाका १५ वटै स्थानीय तहमा कोरोना भाइसरको संक्रमण देखिसकेको छ । तर, पछिल्लो समय सामान्य स्वास्थ्य सुरक्षा समेत अप्नाएको पाइनन् । बिर्तामोडमा पैदल, दुई पाङ्ग्रे सवारीमा सवार, टेप्पो चालक तथा यात्रु, केही ब्यवसायी तथा अन्य सर्वसाधारणले मास्क समेत प्रयोग नगरेको फेला परेको छ ।

प्रहरी देखेमा मात्रै मास्क लगाउने अन्य समयमा खुलेआम रुपमा जथाभावी थुक्ने, तथा मास्क बिना नै हिड्नेको जमात बढ्दै जाँदा जोखिम बढेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । उनले भने–प्रहरीले पटक–पटक स्वास्थ्य सावधानी अप्नाउन आग्रह गरेको छ । तर, अटेर गर्नेहरु बढ्दै जाँदा भोलीका दिनमा भयावह अवस्था आउने खतरा बढेको छ ।

प्रहरीले ब्यपार ब्यवासय सञ्चालन गर्दा भौतिक दुरी कायम गर्न आग्रह गरेको छ । अनिर्वाय रुपमा हात धुने पानी, सेनिजाइजनको ब्यवस्था गर्न तथा ग्रहाकलाई भीडभाड नगर्न आग्रह गर्न ब्यवसायीले चासो दिनुपर्ने प्रहरी नायब उपरीक्षक रिजालले बताए ।

विर्तामोड उद्योग वाणिज्य संघले सबै ब्यवसायीलाई कोरोना भाइरसबाट बच्ने उपाय तथा अप्नाउनु पर्ने सावधानीका विषयमा जानकारी गराएको संघका महासचिव भेषराज भण्डारी (प्रसान्त) ले बताए । उनले भने– अब पनि लापरबाही गर्ने हो भने, समुदायमा भयावह अवस्था आउन सक्छ ।

बिर्तामोडका अधिकांश स्थामा मास्कको प्रयोग नै गरी हिड्नेहरुको संख्या उल्लेख्य रहेको छ । यसले रोगको संक्रमण समुदायमा फैलने जोखिम बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here