मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–१५ रानीबाट दुई लाख भारतिय रुपैयाँ सहित एक महिला पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका–१७ बस्ने २५ बर्षीया कोरेसा खातुनलाई ५०० दरका भारतिय नोट ४०० थान गरी, जम्मा दुई लाख रुपैयाँ सहित पक्राउ गरेको हो ।
भारतिय रुपैयाँ सहित पक्राउ परेकी खातुनलाई आवश्यक कारवाहीको लागि पूर्वक्षेत्रीय राष्ट्रिय अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।





























