नव दम्पत्तिले गरे दश हजार आर्थिक सहयोग

0
1300

लक्ष्मी उप्रेती / मेचीनगर ।

झापा मेचीनगरका एक नव दम्पतिले आफ्नो वैवाहिक कार्यको खर्चबाट केही रकम झापा मेचीनगर नगरपालिका—९ लिलावस्ती निवासी २८ वर्षीय सागर खड्काको उपचारका लागि सहयोग गरेका छन् ।

११ असार विहीबार विवाह बनधनमा बाँधिएका झापा मेचीनगरका सुशान्त थापा र स्वेच्छा बाँनिया थापाले नगद दश हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । मेचीनगर —१० निवासी वेहुला थापा र मेचीनगर —१५ निवासी बाँनियाँले आइतबार ‘सागर खड्का उपचार सहयोग समिति’लाई रकम हस्तानतरण गरेका हुन् ।

समितिका संयोजक गोपाल बस्नेत रसदस्यमा ऋषिराज तिम्सिनाले रकम ग्रहण गरेका थिए । सुशान्त एनआइसि एशिया बैंक शाखा धुलावारमिा कार्यरत छन भने स्वेच्छा वीएससी नर्सिङ हुन विर्तामोडको विएण्डसी अस्पताल एण्ड रिसर्च सेन्टरमा कार्यरत छन् ।

विर्तामोडस्थित विर्तासिटी अस्पतालमा शुक्रबार खड्काको दोस्रो पटक ब्रेन ट्युमरको शल्यक्रिया भएको छ । उपचारमा आर्थिक अभाव भएपछि समितिले सहयोगका लागि सवै सहयोग आग्रह गरेको थियो । विवाहमा हुने अनावश्यक खर्च नगरी खड्काको उपचारमा केही राहत पुगोस भन्ने हेतुले थोरै भएपनि एउटा मानवीय कार्यमा नवदम्पतिले रकम लगाएको प्रतिक्रिया दिएका छन् । ‘सवैभन्दा ठुलो सेवा मानवताको सेवा गर्नु नै हो ’ बेहुलाका बाबु इञ्जिनियर इन्द्र थापाले भने —‘त्यही भएर हामलिे फजुल खर्च घटाएर सहयोग गरेका हौ । ’

समितिले स्वेच्छिक सहयोग जुटाएर खड्काको उपचारमा मदत पुर्याउने संयोजक बस्नेतको भनाई छ । करीव ५ देखि ७ लाख रुपैयाँ खर्च अनुमान गरिए पनि अहिले ५० हजार रुपैयाँ संकलन भएको छ । सहयोग ररकम निरन्तर प्राप्त भइरहेको उनको भनाई छ ।

२०७३ साल भदौं २ गते विर्तामोडको बीएन्डसी हस्पिटलमा न्यूरोसर्जन डा. सीपी लिम्बुले उनको टाउकाको शल्यक्रिया गरी ब्रेनको ट्युमर फालेका थिए । तर चार वर्षपछि सोही ठाउँमा ट्युमर बल्झिएपछि डा. सीपी लिम्बु नेतृत्वको चिकित्सकको टोलीले विर्तामोडको बिर्तासिटी हस्पिटलमा शल्यक्रिया गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here