युद्धबहादुर बोहोरा / पाँचथर।

जनजाति समुदायको बाहुल्यता रहेको पाँचथर जिल्लाका अधिकाँश घरधुरीहरुमा सुँगुर पालेर मासु तथा पाठा उत्पादन गरि बिक्रि गर्ने परम्परागत चलन रहेको छ ।
सुँगुर तथा बंगुर पालन व्यावसायमा आधारित यस क्षेत्रको आम्दानीको मुख्य श्रोत जुटाउन यो पेशाले महत्वपूर्ण निर्वाह गरेको छ । आजभोलि वैदेशिक रोजगारबाट फर्किएका धेरै युवाहरु गाँउघरमा पशुपालन व्यावसाय तर्फ जुट्न थालेपछि उत्पादन बृद्धि भएको छ ।
यहाँ उत्पादन भएका पाठाहरु इलाम तथा झापाका विभिन्न कृषि सहकारी संस्थाहरुबाट किसानलाई वितरण गर्न उनीहरुको व्यापारी संग माग बढेसगैं व्यापारीहरु दिनहँु घरघरमै खरिद गर्न आउँने गरेको स्थानीय बासिन्दाहरु बताउँदै यो पेशा प्रति उनीहरु उत्साहि बनेका छन् ।
विगत १० वर्ष अघि देखि यो पेशा गर्दै आएका फाल्गुनन्द–५,फाक्तेप प्रयास बंगुर फर्मका संञ्चालक कन्काई नेम्वाङ भन्छन्, “विदेश जाँदा साहुको ऋण लिएर गएको थिएँ,कमाई नभएर फर्केपछि आफ्नो जग्गा बेचेर साहुको ऋण बुझाएँ”,त्यसपछि पुनः कार्जा लिएर आफ्नै गाँउघरमा पेशा शुरु गरेर ५ लाख रुपैंया भन्द बढी वार्षिक गर्न थालेको उनको भनाई छ । आम्दानीबाट छोराछोरीको पठनपाठन र घर खर्च पुग्ने उनले बताए । भेटेरिनरी अस्पताल पाँचथरको युवा लक्षित पशु विकाश अन्तर्गत दुई लाख ५० हजार अनुदान कार्यक्रममा उनको फर्म छनौटमा परेकोले हाल आधुनिक खोर निर्माण गर्दै गरेको उनले जनाए ।

त्यस्तै, लामो समय सम्म साउदी अरब,युएई,मलेशिया र कतारमा सुपरभाइजर÷फोरमेन काम गरि स्वदेश आएर चेम्जोङ कृषि फर्म सञ्चालन गरेका अर्का व्यावसायि राजेश चेम्जोङ एउटा सुँगुरबाट वार्षिक ६० हजार सम्मको आम्दानी हुने साथै यसको मल बालीनालीमा प्रयोग गर्दा उत्पादनमा समेत बृद्धि हुनाले यो पेशामा आवद्ध भएको बताउँछन् ।
उनी भन्छन्, काम गर्ने राम्रो इच्छा शक्ति हुनु पर्छ नेपालमै आत्मनिर्भर बन्ने रोजगारीका प्रशस्त संभावना छन् ।वैदेशिक रोजगारी भनेको क्षणिक आयश्रोतकको माध्यम हो । लामो समय सम्म साउदी अरब,युएई,मलेशिया र कतारमा सुपरभाइजर÷फोरमेन काम गरि स्वदेश आएर फर्मको थालनि गरेको स्थानीय ठाँउका एक उदाहरणिय व्यावसायिकको रुपमा चिनिएका छन् ।
दानापानी पुग्दा वर्षमा दुई चोटी सम्म ब्याउने र एक पटकमा १० देखि १२ वटा बच्चा जन्माउने गर्दछ भने तीन महिना भरमा करीब तीन हजारको हाराहरीमा बिक्रि हुने गरेको उनले बताए ।
पाँचथर जिल्लाका विभिन्न ठाँउ मध्ये कुम्वायाकको यासोक,मिक्लाजुङको रवि,फाल्गुनन्दको घुर्बिसे पञ्चमी,राँके र नवमी डाँडा जस्ता क्षेत्रमा लाग्ने हटियाबाट व्यापारीले जम्मा गरी भारतको दार्जिलिङ लाने गरेता पनि हाल कोरोनाको समस्याका कारण निकासी बन्द भएकाले गाँउगाँउमा नै युवाहरुले सुँगुर पाल्न थालेका छन् ।
इलाम र पाँचथरको सिमानामा प्रत्येक महिनाको १३ र २९ गते लाग्ने १५ दिने हटियामा खसी,बोका,कुखुरा तथा दुई हजार भन्दा बढि सुँगुरपाठा किसानले बिक्रि गर्न ल्याउने गरेको वजार व्यावस्थापन समिति सचिव टिका सम्वाहाम्फे लिम्बुले जानकारी दिए ।
यस भूगोलका बासिन्दाको आर्थिक मेरुदन्डको मुख्य पाटोको रुपमा कृषि पेशा अन्तर्गत बालिनाली र पशुपालबाट जिविकोर्पाजनको प्रमुख आधार भएकोले केन्द्र र प्रदेश सरकारको समन्वयमा फाल्गुनन्द गाँउपालिकालाई पकेट क्षेत्रको रुपमा विस्तार गर्ने योजना रहेको गाँउपालिका अध्यक्ष वीरबहादुर कुरुम्वाङले जानकारी दिए ।






























