भोजपुर ।

भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागीमा परेर एक बालिकाको मृत्यु भएको छ ।
स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उनकी ३ वर्षीया नातिनी विष्णुमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आगलागीमा गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्य चौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।
बाटोमा लैजाँदै गर्दा स्वास्थ्य अवस्था झन् बिग्रिएपछि तत्काल उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा बालिकाको गय राति त्यहीँ मृत्यु भएको प्रहरीको भनाइ छ ।
हिजो राती घरमा विद्युत सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ । घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ता कपडा लगाएत सम्पूर्ण समान जलेर नष्ट हुँदा करिब १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।






























