समितिलाई जानकारी नदिई उपभोक्ताहरुद्वारा बाँस कटान

0
942

अमित खम्बू / अर्जुनधारा। 

लकडाउनको मौका छोपी झापाको अर्जुनधारा–२स्थित सुखानी नदी नियन्त्रण तथा भोर्लेनी बाँस रोपण समूहको क्षेत्रमा लगाइएको बाँसहरु स्थानीय उपभोक्ताहरुद्वारा जथाभावी कटान हुने गरेको पाइएको छ ।

शनिश्चरे प्रहरी चौकी र सशस्त्र प्रहरी बल खुदुनावारी वेसको संयुक्त टोलीले गत बुधबार मे१ख २४९२ र ना६ख ७२५ नम्बरको दुई वटा ट्रकमा एक लाख छ हजार मूल्य बराबरको बाँस लोड गरिएको अवस्थामा नियन्त्रणमा लिएपछी घटना उजागर भएको हो ।

१३२५ वटा बाँससहित नियन्त्रणमा लिएका ट्रकहरुलाई दुवै सुरक्षा निकायले आवश्यक कार्वाहीको लागि अर्जुनधारा नगरपालिकाको कार्यालयलाई पत्रसहित पठाएको थियो । घटनाको विषयमा समितिका अध्यक्ष मानबहादुर खेवाङसँग बुझ्दा उनले समितिको कमजोरीको कारण उक्त कार्य भएको स्वीकारे । उनी भन्छन् –“हिजो आफूखुसी काट्दै बिक्री गर्दा चुप लागेका कारण यस्तो भएको हो ।”

सोही विषयमा बिहीबार अर्जुनधारा नगरपालिकाको कार्यालयमा अर्जुनधारा–२ वडा समितिका अध्यक्ष रघुनाथ खनालको अध्यक्षतामा सम्पन्न सर्वपक्षीय बैठकले छ बुँदे निर्णय गरेको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।

बैठकले आगामी दिनमा बाँस काट्न समितिको सहमति र नगरपालिकाको स्वीकृती लिनुपर्ने, बाँस बिक्रीबाट प्राप्त हुने आम्दानीको ५० प्रतिशत उपभोक्ताहरुलाई, २५ प्रतिशत समिति पुर्नगठन गरी बन्ने नयाँ समितिलाई र २५ प्रतिशत नगरपालिकामा आम्दानी बाँधिने गरी प्रदान गरिने, नियन्त्रणमा लिइएका दुवै ट्रकलाई छोडिदिने, उपभोक्ताहरुलाई वितरण गर्ने आम्दानीको ५० प्रतिशत वितरण गर्न उपभोक्ताहरुमध्ये टिकाराम पनेरु, ख्याम सेढाईं र सुबास सुब्बालाई जिम्मेवारी दिनेलगायत निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here