२०७७ असार १९ गते शुक्रबारको राशिफल

१८ असार २०७७, बिहीबार मा प्रकाशित

मेष– प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृंगार, साजसज्जा, व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् ।

वृष– पारिवारिक वातावरणमा हर्षको वातावरण बन्नेछ । कर्मप्रति लगनशील भई व्यवहार गर्न सकेमा यो दिन उत्कृष्ट समय रहने छ, ।

मिथुन– जग्गाजमिनको कारोबार गर्दा असल हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ ।

कर्कट–अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ ।

सिंह– बुधबारदेखि शुक्रवारसम्म पारिवारिक वातावरण अनुकूल हुनेछैन । मानसिक एवं बौद्धिक क्षमता कमी आउने छ ।

कन्या– नजिकैका व्यक्तिबाट अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । आर्थिक लगानी गर्नु पनि भरपर्दो देखिन्न ।

तुला– सामान हराउने सम्भावना पनि छ । तर आगामी शनिवारका दिन रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ ।

वृश्चिक– मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ ।

धनु– नयाँ काममा हात हाल्ने समयसमेत छ । प्रेम र भाइचारा जीवन्त तुल्याउने विशिष्ट समय हो । दुर्गमस्थान र टाढाको यात्राको सम्भावना छ ।

मकर– मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाह प्राप्त हुनेछ ।

कुम्भ– पितृधनबाट फाइदा उठाउन सकिनेछ, प्रशस्त आम्दानी हुने सङ्केत पनि छ, आम्दानी गरिएको धन खर्च हुने सम्भावनासमेत छ ।

मीन– आलोचनाबाट बच्नुहोला । आत्मबल बढ्ने छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्ध सुमधुर रहने छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here