वि.सं. २०८२ बैशाख १५ गते सोमवार तपाईको राशिफल

0
24

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

पराक्रम बढेर जानेछ, बिग्रन लागेको काम बनिनाले हौसला बढ्नेछ, छोटो दुरीको यात्रा हुनाले आज तपाईको मन हर्षित रहने छ ।

बृष (इ, उ, ए, ओ, ब ा, बि, बु, बे, बो) –
तपाईको आजको दिन मध्यम रहेको छ, मान–सम्मानमा वृद्धि हुनेछ, व्यापार–व्यावसायमा सन्तोषजनक नतिजा प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
व्यापार–व्यवसायमा लाभ प्राप्त हुने दिन रहेको छ, मध्यान्नपछि साथीभाइसँग रमाइलो भेटघाट तथा भोजनमा सरिक भइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज क्रोधलाई नियन्त्रणमा राख्नुहोला, बोलिको प्रभावले बन्नै लागेको काम पनि बिग्रन सक्छ, तर इष्टमित्रले साथ दिनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
तपाईलाई आज स्वास्थ्यले साथ दिने छैन, शरीरमा आलश्यता पैदा हुनेछ, अनावश्यक चिन्तनले शरीर गलेर जानेछ, मन खिन्न रहला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
घरबाट कहिँ रमाइलो यात्राको तय हुनेछ, साथीभाइहरूले साथ दिनेछन् आज तपाईको मनोरञ्जनमा धेरै ध्यान जानेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
यथेष्ट धन लाभको योग छ, बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ, मिष्ठान्न भोजनको निम्तो आउनाले मन प्रफुल्ल रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन गर्ने समय रहेको छ, आफ्नो विचारले धेरैलाई प्रभावित बनाउन सकिनेछ, शुभ खबर सुनिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बोलिमा विचार पु¥याउनुहोला, राम्रै बोल्दा पनि नराम्रो सुनीन सक्छ, स्वास्थ्य सम्बन्धी गुप्ताङ्गमा समस्या देखिन सक्छ, सतर्क रहनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
समय बलवान रहेको छ, यो अवधिमा नयाँ कामको थालनी गर्नुभएमा तपाईको लागि लाभदायक हुनेछ, प्रेम सम्बन्ध सुमधुर रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धार्मिक तिर्थयात्रा हुनेछ, यो समयमा साथीभाइको पूर्ण सहयोग पाइनेछ, पराक्रममा वृद्धि हुनेछ, शत्रुमाथि विजय प्राप्तिको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज तपाईलाई सानै सफलताले पनि ठूलो खुशी प्राप्त हुनेछ, रचनात्मक तथा कलाकारितामा मन जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here