२०७८ वैशाख १९ गतेको राशिफल

१९ बैशाख २०७८, आईतवार मा प्रकाशित

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

विछोडिएका परिवारजनसँग भेटघाट हुनाले दिन रमाइलो
रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । तर, अवसरका
साथ केही चुनौति पनि देखा पर्नेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

हतारमा निर्णय गर्दा समस्या देखिन सक्छ । खानपान र
भेटघाटमा सावधानी अपनाउनुहोला । अनावश्यक अलमलले
चिताएका काममा बाधा पुग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

समस्या समाधान गर्न काम दोहो¥याउनुपर्ने हुन सक्छ ।
अरुको भरोषामा कार्य गर्दा धोका हुने सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय
छ । पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला । यात्रा खर्चिलो र
कष्टकर बन्न सक्छ । छिमेकमा असमझदारी बढ्नेछ,
होसियारी साथ काम लिनुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला । सोचेको नतिजा
तत्काल प्राप्त नहुन सक्छ । पुरानु धनमाल प्राप्त होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् ।
चिताएका काममा अलि बाधा हुन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

समय लागे पनि मेहनत गर्दा काम बनाउन सकिनेछ । विगतका
कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने
चेष्टा गर्नेछन् । आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन
संग्रहमा बाधा पुग्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको
साधना सिद्ध हुनेछ । मेहनतले सजिलै लक्ष्यमा पु¥याउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले
पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा पनि
फाइदै हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउनेछ ।

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here