छुट्टा छुट्टै घटनामा चार जनाको मृत्यु

१९ बैशाख २०७८, आईतवार मा प्रकाशित

झापा, प्रदेश १ मा शनिवार भएका छुट्टा छुट्टै घटनामा चार जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा झापा, मोरङ र सुनसरीका भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

करेन्ट लागेर एकको मृत्यु

झापा कचनकब – २ बस्ने ७३ बर्षीया गंगादेबी बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा बत्ती बाल्ने क्रममा स्वीच थिच्दा एक्कासी गंगादेबीलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा प्रहरी टोली खटि गई थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यसै गरी झापा बिर्तामोड–४ का २० बर्षीय सन्दिप अधिकारीको दुर्घटनाबाट मृत्यु भएको छ । आज दिउँसो साढे २ बजे बिर्तामोड पारिजात टोल स्थितमा मे १ त ७००५ नम्बरको ट्रयाक्टर बालुवा अनलोड गर्नको लागी ब्याक गर्ने क्रममा ट्रयाक्टरको डाला पल्टिदा ट्रयाक्टरमा रहेका सह चालक अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रयाक्टर र चालक सोही स्थानका अनिल खड्का नियन्त्रणमा रहेका छन ।

च्ट्याङ लागेर एकको मृत्यु

सुनसरी गढी– २ औरावनी बस्ने ६० बर्षीय रघुनाथ यादवको च्ट्याङले लागेर मृत्यु भएको छ । आज बिहान ०८ बजे खेतमा भैसी चराउन गएका यादबलाइ बर्षा सँगै आएको च्ट्याङले लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । । घटना सम्बन्धमा प्रहरी टोली खटि गई थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।

दुर्घटनाबाट मृत्यु

मोरङ ग्रामथान– ५ बस्ने ३५ बर्षीय नरेश माझीको दुर्घटनाबाट मृत्यु भएको छ । ग्रामथान–२ स्थितमा को १ क ३३४५ नम्बरको टिपरले को २९ प ४१७० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक माझी गम्भीर घाईते भएकोमा उनको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । टिपर र चालक सुनसरी बर्जु–५ का जय नारायण चौधरी नियन्त्रणमा रहेका छन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here