स्वास्थ्य सामाग्री वितरण

१९ बैशाख २०७८, आईतवार मा प्रकाशित

बिर्तामोड , अखिल नेपाल ट्रेड युनियन महासंघ झापाले १३२ औं अन्र्तराष्ट्रिय मजदुर दिवसको अवसरमा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
कोरोना भाइरस महामारी फेरि फैलिरहेकोले महासंघले माक्स, सेनिटाइजर र पर्चा वितरण गरेको हो ।
युनियनले बिर्तामोडको मुक्तिचोकबाट पैदलयात्री, अटो, मोटरसाइकलमा सवार, पसलमा पुगेर शनिवार स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।
मजदुर दिवसको शुभकामनासहित २ हजार माक्स, २ हजार पर्चा वितरण गरिएको महासंघ झापा अध्यक्ष सीता सापकोटा सन्ध्याले बताइन् । कार्यक्रममा महासंघका प्रदेश नं. १ इन्चार्ज भूपाल सापकोटा, श्रम तथा रोजगार विभाग झापा संयोजक डण्डी घिमिरे विवेक, नेकपा माओवादी केन्द्र प्रदेश सदस्य लक्ष्मी न्यौपाने सरुसहितको सहभागिता रहेको थियो ।
महासंघले वितरण गरेको पर्चामा माक्स अनिवार्य प्रयोग गरौ, सावुन पानीले वेला वेलामा राम्रोसँग हात धुने, कोभिडको लक्षण देखिएका परिक्षण गराउने र क्वारेन्टाइनमा बस्ने, सामाजिक दुरी कायम गर्ने, भिडभाडबाट बच्ने, अति आवश्यक काम बाहेक घरबाट वाहिर नजाने, सेनिटाइजरको प्रयोग गर्नेलगायत रहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here