राशिफल

२२ बैशाख २०७८, बुधबार मा प्रकाशित

२०७७ साल वैशाख २२ गतको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

केही चुनौति देखिए पनि मेहनतले प्रतिस्पर्धाको दौड
जिताउन सक्छ । भौतिक साधन जुट्नाले दिगो काम
शुरु गर्न सकिनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।
साँझतिर रमाइलो जमघटमा सहभागी भइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ । लोकाचारले
फजुल खर्च गराए पनि मेहनतले लक्ष्यमा पुग्न सफल
भइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

सुखद् समाचारले उत्साह जगाउनेछ । अध्ययनमा प्रगति
हुनेछ । मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका
दिलाउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ ।
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । बौद्धिक
अभिव्यक्तिको प्रभाव बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानीका
स्रोत पनि बढ्ने छन् । प्रतिस्पर्धामा विजयी भइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । तत्कालको
फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ । बेसुरमा बोल्ने
बानीले पनि दुःख पाइनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि
शुभचिन्तकहरूले साथ दिनेछन् । साँझदेखि बौद्धिक
कलाको प्रभाव बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । पहिलेको दुविधाले
निर्णायक मोड लिनेछ । आम्दानीका स्रोत बढ्ने छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । कर्मयोगले नयाँ
मोड लिनेछ भने मेहनतले नाम, दाम र इनाम आर्जन
गर्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका
कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । साँझदेखि
साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

बेसुरमा काम गर्ने बानीले पनि मेहनत खेर जानेछ । नयाँ
सोचका साथ अगाडी बढ्दा राम्रो होला

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here